धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूलाई हङकङ्गमा स्वागत

२४ मंसिर २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वी. गहतराजज्यू हङकङ्ग नेपाली ख्रीष्टियन काउन्सिलको निमन्त्रणामा हङकङ्ग प्रस्थान गर्नभएको छ । हङकङ्ग नेपाली ख्रीष्टियन काउन्सिलका अध्यक्ष पा. जेम्स गुरुङज्यू र कोषाध्यक्ष पा. हिङ्ग बहादुर थापाज्यू चेकलाकको इन्टरनेशनल एयरर्पोटमा स्वागत गर्नुभएको हो । र हङकङ्ग नेपाली ख्रीष्टियन काउन्सिलको आयोजनामा नेपाली होसन्ना चर्च लिमिटेड हङकङ्गमा भव्य कार्यक्रम सम्पन्न भएको छ । नेपाली भएको ख्रीष्टियन समुदायको अवस्था, स्थिती र महासंघको उदेश्यको बारेमा प्रकाश पार्नुभएको थियो । नेपाली होसन्ना चर्च लिमिटेडका पा. चित्र बहादुर सुनारले प्रार्थना गर्नुभएको उक्त कार्यक्रममा व्यापक उपस्थिती रहेको सो कार्यक्रममा आउँदो दिनमा काउन्सिल र महासंघसँग कसरी सहकार्य र समन्वय गरी एक अर्कामा समन्वयकारी भूमिका निर्वाह गरी नेपाली ख्रीष्टियन समुदायको हितको निम्ति कार्य गर्न सकिन्छ भनि काउन्सिलका अध्यक्ष पा. जेम्स गुरुङज्यूले बताउँनुभयो । साथै ख्रीष्टियन समुदायको हितको निम्ति विभिन्न काउन्सिलका पदाधिकारीज्युसँग छलफल तथा विभिन्न कार्यक्रम आयोजना गरिएको पा. गुरुङज्यूले बताउँनुभयो । आउँदो आइतबार हङकङ्ग काउन्सिलले प्रि–ख्रीष्टमसको कार्यक्रम आयोजना गरेको छ । सो प्रि–ख्रीष्टमस कार्यक्रमको प्रमुख वक्ताको रुपमा अध्यक्ष सी.वी. गहतराजज्यूले वचन हुने कार्यक्रम तय गरिएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd