धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

मलेशियामा नेपाली मण्डलीहरुले नेपालको लागि प्रार्थना

३१ जेठ, २०७५ । जीवनको नदी मण्डलीको आयोजनामा मलेशियामा रहेको नेपाली संगति पाष्टरीय र अगुवाहरुको भेला राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका केन्द्रिय अध्यक्ष सी.वी. गहतराजज्यूको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । भेलाको सुरुको प्रार्थना पाष्टर रेमण्डज्यूले गर्नुभई अगुवा एड्रिन सेन्ट र विपिन मगरज्यूले आराधनाको अगुवाई र पा. हिरा बुढाथोकीज्यूले वचन खण्ड पढेर सुनाउनु भएको हो । भेलामा जीवनको नदी मण्डलीका पा. पुकार तामाङ्ग र डिकन सुमन गिरी (हर्तामस केएल), एमएमपी पाष्टरहरु पा. हरि बुढाथोकी (पिजे केएल), छहरी नेपाल संगत, पा. हरि श्रेष्ठ (साहालम र सुबाङ केएल), एआजीका अगुवा दिपक भुजेल र मनिष भुजेल काजङ्ग केएल), एफजिएका पा. रमेश भुजेल र अगुवा भिमा रोक्का (कोटादमनसर केएल), टिजिएका पा. बिपिन मगर (सुवाङ्गाई बुलो केएल), केलाङ्ग नेपाली संगतिका पा. धन थापा र परिवार, डुयूएमसीका पा. एड्रिन सेन्ट (दमनसर पिजे र पुचोङ्ग केएल), अनुग्रह मण्डलीका अगुवा रुबेन खड्का पुचोङ्ग केएल) एनोन सेरेम्बनका पा. ति जु तात र अगुवा दिपक बोहरा (सेरेम्बन), केएल वेस्लीका अगु,वा केशर लिम्बु, टिएमसीका अगुवा किरण धिमाल, केएल बप्तिष्टका सिमोन थापा लगायतको उपस्थिती रहको थियो । आगन्तुक पाहनाहरु तथा उपस्थित आदरणीय व्यक्तित्वहरुलाई स्वागत तथा कार्यक्रम सम्बन्धीको सुचना प्रवाह डिकन सुमन गिरीज्यूले गर्नुभएको थियो भने पा. पुकार तामाङज्यूले मलेशिया सेवा संगतिको बारेमा जानकारी दिनुभएको थियो । महासंघका केन्द्रिय अध्यक्ष तथा भेलाका विशेष अतिथि सी.वी. गहतराजज्यूले महासंघको उदेश्य, हासिल गरेका उपलब्धीको विषयमा प्रस्ट पार्दै नेपालको ख्रीष्टियनहरुको वर्तमान अवस्था र परिस्थिती तथा भावी योजना र विभिन्न चुनौतिहरुको विषयमा बताउँनुभएको थियो । अध्यक्ष गहतराजज्यूले पछिल्लो अवस्थामा ख्रीष्टियन समुदायमाथि भएका विभिन्न घटनाहरुको सम्बन्धमा समेत जानकारी दिनुहुँदँ महासंघले सरकारसँग ख्रीष्टयन समुदायको हक हितको पक्षमा निरन्तर पैरवी गरिरहँने बताउँनुभयो । भेलामा विभिन्न विषयहरुमा समेत प्रार्थना गरिएको भने त्यसको अगुवाई पा. धन थापा, हरि श्रेष्ठले गर्नुभएको थियो भने सबै अतिथि तथा पाहुनाहरुलाई पा. पुकार तामाङ्गज्यूले धन्यवाद दिँदै अन्तिम आशिष र यात्राको प्रार्थना पा. ति जु तात गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd