धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

मकवानपुर जिल्लामा सचेतना अभिवृद्धि तथा सर्वेक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल मकवानपुर जिल्ला समितिको आयोजनामा सचेतना अभिवृद्धि तथा सर्वेक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम २६ भाद्र २०७७ (शुक्रबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता महासंघको मकवानपुर जिल्ला समितिका अध्यक्ष पा. मोमलाल लामाले गर्नुभएको थियो भने सुरुको प्रार्थना पा. मनि लामाले गर्नुभएको थियो । अन्तरक्रियामा महासंघका अध्यक्ष, उपाध्यक्ष तथा ३ नं प्रदेश संयोजक, उपमहासचिव, कानुनी सल्लाहाकार अधिवक्ता, जिल्ला अध्यक्ष तथा पदअधिकारीहरु, ख्रीष्टियन समाजका प्रमुखहरू, पाष्टर र अगुवाहरुको सहभागिता रहेको थियो ।

उपमहासचिव पा. धनराज घिमिरेले २०७८ सालको जनगणनाको सचेतना अभिवृद्धि र नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षणको विषयमा प्रस्ट्यानु भएको थियो । कानुनी सल्लाहाकार अधिवक्ता बुद्ध घिसिङ्गले सर्वेक्षणको विषयमा कानुनी मुल्य, मान्यता र आवश्यकता बारे जानकारी गराउनु भयो । उपाध्यक्ष तथा ३ नं प्रदेश संयोजक पा. कृष्ण परियारले महासंघको भाबि योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रस्तावित अन्तरकृया माथि पाष्टर, अगुवाज्यूहरुले आ–आफ्नो प्रश्न राख्नु भएको थियो । महासंघका अध्यक्ष सी.बी. गहतराजले अन्तरकृयामा सहभागिहरुको जिज्ञासाहरुको जवाफ दिनुभई धन्यवाद दिँदै मकवानपुर जिल्लामा रहेको मण्डली तथा ख्रीष्टियन संघ संस्थाहरुलाई २०७८ सालको जनगणनाको सचेतना अभियान र सर्वेक्षणको लागि महासंघलाई साथ, सहयोग र सहकार्य गर्नको लागि आहवान गर्नु भएको थियो । महासंघको मकवानपुर जिल्ला समितिका उपाध्यक्ष पा. रामचन्द्र प्याकुरेलले अन्तिम प्रार्थना गर्नुभएको थियो भने मिन तामाङ्गले कुशलता साथ कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd