धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

मकवानपुर जिल्लाका पाष्टर तथा अगुवाहरुको जिल्ला भेला सम्पन्न

असोज १९, २०७६ काठमाडौं ! मक्वानपुर जिल्लाका अधिकांश मण्डलीहरुको सहभागितामा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको जिल्ला स्तरिय भेला आज हेटौंडा स्थित होटल तुरहीमा एथासिग्र वृहत जिल्ला भेला गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । सो भलाको अध्यक्षता महासंघका जिल्ला अध्यक्ष पा. मोम लामाले गर्नु भएको थियो भने महासंघका केन्द्रिय अध्यक्ष सि.बि.गहतराज, उपमहासंचव तथा प्रवक्ता रेभ.पा.उद्धव चिमोरिया तथा सदस्य सचिव पा. कर्णलाल पाण्डेको उपस्थिति रहेको थियो ।

अध्यक्ष गहतराजले महासंघको प्रष्ट दर्शनका साथै दृष्टिकोण रहेको तथा नेपाली ख्रीष्टियन समुदायले हाल झेल्नु परेका समस्यहरुका बारेमा एकजुट भई हल गर्नु पर्ने तथा राज्यका निकायहरुसँग निरन्तर पैरवी गर्नुपर्ने बताउँनु भयो । येशू ख्रीष्टिको अनुग्रहमा महासंघले थालनी गरेको यस महान अभियानमा सबै मण्डलीहरुको सकृय सहभागिता, साथ तथा प्रार्थना सहित सहभागि हुन मक्वानपुर जिल्लाका पाष्टर तथा अगुवाहरुलाई उहाँले आव्हान गर्नु भएको थियो । महासंघले आफ्नो संगठानलाई विस्तार गर्दै हरेक प्रदेश, जिल्ला तथा इकाईहरुमा रहेका समितिहरुलाई सकृया बनाउँदै लगिरहेको साथै अन्तर्राष्ट्रिय स्तरमा समेत महासंघलाई विस्तार गर्न लागेको समेत जानकारी गराउँनु भएको थियो । सहभागि पाष्टर तथा अगुवाहरुले राख्नुभएका प्रश्न तथा जिज्ञसाहरुको समेत उहाँले उत्तर दिनुभइको थियो ।

मक्वानपुर जिल्ला अध्यक्ष पाष्टर लामाले अबका दिनमा मक्वानपुर जिल्लाका सबै मण्डलीहरु एक जुट हुनको विकल्प नरहेको र जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाहरुमा महासंघको संगठन विस्तार गर्दै लैजाने तथा यस अभियानलाई सफल बनाउने बताउनुभएको थियो । भेलालाई महासंघका मक्वानपुर जिल्ला सचिव पा. नवराज गलानले सञ्चालन गर्नुभएको थियो ।

सहभागि पाष्टर तथा अगुवाहरु यस भेलाबाट उत्साहित हुँदै चाडै हुने जिल्ला भेला सफल तथा बृहत बनाउनका लागि प्रार्थना सहित जुट्ने प्रतिबद्धता व्यक्त गर्दै उपमहासचिव तथा प्रवक्ता रेभ. चिमोरियाले अन्तिम प्रार्थना गर्दै भला समापन गरिएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd