धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

भक्तपुर जिल्ला युवा विभाग गठन

१३ फागुन २०७४, भक्तपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको युवा विभागका उप–प्रमुख पा. सञ्जिव खत्रीज्यूको अध्यक्षता महासंघको युवा विभाग केन्द्रिय समितिबाट पठाएको ४ जनाको प्रतिनिधि मण्डले हिजो शनिवार भक्तपुरस्थित मध्यपुर ठिमीको अनन्त ख्रीष्टियन मण्डलीमा विभागको भेला सम्पन्न भएको छ । केन्द्रिय समितिका सह–सचिव वुद्धि प्रकाश मुखियाज्यू र सह–कोषाध्यक्ष इजकिएल तामाङज्यूको संयोजन रहेको सो भेलामा निकै उत्साहका साथ भक्तपुरका विभिन्न मण्डलीहरुबाट युवाहरुको व्यापक सहभागिता रहको हो । भेलाले पा. आशिष लामाज्यूको अध्यक्षतामा १५ सदस्यीय भक्तपुर युवा विभागको गठन गरको छ । यूवा विभाग केन्द्रिय समितिले काठमाण्डौँ, भक्तपुर र ललितपुर जिल्ला समितिको निर्वाचित पदाधिकारीज्यूहरु सँग भेटघाट गरी युवाहरुलाई प्रशिक्षित गराई सशक्त रुपमा परिचालन गर्न काठमाण्डौँ उपत्यकालाई लक्षित गरी युवाहरुको एक वृहत भेलाको आयोजना गर्ने समेत विभागले जनाएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd