धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

बुढानिलकण्ठस्थित सिलोआम टुप्पेक चर्चमाथि भएको घटना समग्रमा सिंगो धार्मिक खीष्टियन समुदाय माथिकै प्रहार भएको निष्कर्ष

२६ जेठ, ललितपुर । आज राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय विशेष कार्यकारी समितिको बैठकको केन्द्रिय अध्यक्ष श्री सी.बी. गहतराजज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । पा. जगत प्रधानज्यूले सुरुको प्रार्थना गर्नुभएको सो बैठकमा रेभ. काजिरत्न मर्हजनले आशिषमय अभिप्रेरित वचन बाँडनुभएको थियो । महासंघले विभिन्न विषयहरुमा छलफलका साथै निर्णयहरु गर्नको लागि विशेष समितिको बैठक बोलाएको हो । बैठकले गरेका निर्णयहरु निम्न अनुसार छन् ।
१. बैठकमा बुढानिलकण्ठस्थित सिलोआम टुप्पेक चर्चमा भएको घटनाको विषयमा सम्बन्धित व्यक्तिहरुले जानकारी दिनुभई सो घटना समग्रमा धार्मिक हिसाबले सिंगो खीष्टियन समुदाय माथिकै प्रहार भएको हो भन्ने निष्कर्ष निकालेको छ । महासंघले उक्त घटनाको विषयमा तत्काल विज्ञप्ती प्रकाशित गरी धार्मिक तथा सांस्कृतिक सदभाव खल्बल्याउने कार्य नर्गन नगराउन सम्बन्धित पक्षलाई सचेत गराउने समेत निर्णय गरेको छ । साथै सम्पुर्ण नेपाली खीष्टियन दाजुभाई तथा दिदीबहिनीहरु लगाएत सबैलाई आहृवान गर्दै देश विदेश भरी छरिएर रहेका सम्पुर्ण मण्डलीहरुलाई प्रार्थनाको लागि अनुरोध समेत गरेको छ । २. बैठकमा महासंघका उपाध्यक्ष एवंम प्रदेश नं ३ का प्रमुख पा. ज्ञान बहादुर सुनुवार पहिलो चरणको स्थानीय निर्वाचनमा ने.क.पा. एमालेबाट जिरी नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा निर्वाचित हुनुभएको हुँदा पा. सुनुवारलाई महासंघले बधाई तथा धन्यवाद ज्ञापन गर्दै सफल कार्यकालको निम्ति प्रार्थना समेत गरेको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd