धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

बिशेष केन्द्रिय समितिको बैठक सम्पन्न

२१ भदौ २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रिय समितिको बैठक महासंघका कार्य बहाक अध्यक्ष रेभ.डा. फिलेमोन खड्का क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा महासंघका कार्यबहाक अध्यक्ष, बरिष्ठ सहअध्यक्ष, उपाध्यक्ष लगायत बिशेष केन्द्रिय समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बैठकले महासंघ एउटा बिशुद्ध सम्पुर्ण नेपाली भाषी मण्डली र ख्रीष्टियन समुदायको छाता संगठन भएकोले आजको बिशेष समितिले सक्रिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वले महासंघ या कुनै पनि पार्टी दुई वटा मध्येमा एउटा रोज्नुपर्ने निर्णय गरेको छ । एफ.एन.सी.एन. को एसिया सम्मेलन २०२२ मा महासंघका सबै पदाधिकारीहरुलाई सहभागी हुनको लागि अनुरोध गरिएको छ । ६ वटा नै प्रदेशमा भेला छिट्टै नै आयोजना गर्ने निर्णय गरिएको छ । सुरुको प्रार्थना सहअध्यक्ष रेभ. रिन्जी लामाले गर्नुभएको थियो । भने सचिव अनिल राईले आराधनाको अगुवाई गर्नुभएको थियो । सह महासचिव सुजना बस्नेतले स्वागत मन्तब्य तथा विषय बस्तुको जानकारी गराउनु भएको थियो । महासचिव चित्ररेखा ओझाले कार्यक्रम कुसलताका साथ संचालन गर्नुभएको थियो । कार्य बहाक अध्यक्ष रेभ.डा. फिलेमोन खड्का क्षेत्रीले बैठकमा सहभागीहरुलाई धन्यवाद दिएर बैठक समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd