धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

बिएनसिए शिखर सम्मेलनमा ख्रीष्टियन महासंघद्वारा सम्वोधन

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि.गहतराजले अमेरिकाको जर्जियामा आयोजना भएको भुट्निज नेप्लिज चर्चेज अफ अमेरिका बिएनसिए समिट २०१७ लाई सम्वोधन गर्नुभएको छ । उहाँले त्यसक्रममा नेपालीभाषी भुटानीहरुले विश्वका विभिन्न तेस्रो मुलुकमा पुर्नवासकाक्रममा आएर अमिरेकी भुमीमा विशाल जागृती ल्याएको भन्दै नेपाली भाषी पास्टर अगुवाहरुको प्रशंसा गर्नु भयो । सम्वोधनका क्रममा अध्यक्ष गहतराजले नेपालमा भएका ख्रीष्टियनहरुले आफ्नो अस्तित्व, पहिचान तथा अधिकारका लागि वर्षौदेखि पहिचानका लागि सरकारसँग संघर्ष गरिरहेको अवगत गराउनु भएको छ । उहाँले आफ्नो सम्वोधनमा भुटानबाट खेदिएर नेपाल आएका भुटानीहरूले आफ्नो अस्तित्व, पहिचान तथा अधिकारका लागि गरेको संघर्षको स्रहाना गर्दै तत्कालिन अवस्थामा नेपालमा शरण लिएका भुटानी शरणार्थीहरुलाई सहायता गर्न नसकेको कुरा स्मरण गर्नु भयो । उहाँले अहिले पनि नेपाली ख्रीष्टियनहरूले आफ्नो अस्तित्व, पहिचान र अधिकारका लागि संघर्ष गरिरहनुपरेको कुरा व्यक्त गर्नुभयो । उहाँले शिखर सम्मेलनमा नेपालका वाह् हजार चर्चका करिव तीस लाख ख्रीष्टियनहरूले स्वाभिमानी नेपाली ख्रीस्टियन भएर जिउन चाहेको कुरा बताउँदै ख्रीस्टियनहरूको स्वतन्त्र गुठी, मृत्युसंस्कार, मण्डलीको सम्पत्ति व्यवस्थापन गर्ने लगायतका नीतिगत व्यवस्था नभएकै कारण आज नेपाली मण्डलीहरूले विभिन्न समस्या भोगिरहेकोले यसको व्यवस्थापन गर्न महासंघ लागि परेको कुरा बताउनुभयो । साथै २०६३ सालदेखि राज्यले ख्रीस्टमसमा दिंदै आएको सार्वजनिक बिदा अघिल्लो वर्ष पटके विदा दिएकोमा अब ख्रीस्टमस मात्र होइन इस्टर सण्डे, गुड फ्राइडे लगायतका विदा पनि सुनिश्चित गर्नु महासंघले नेपाल सरकारसँग सम्वन्य गरिरहेको बताउनुभयो । नेपाली मण्डलीले अहिले पनि सतावट भोगिरहेको बताउँदै उहाँले अघिल्लो वर्ष चरिकोटमा घटेको घटना, सिलोआँम टुप्पेक (टुसाल) चर्चमाथि भएको घटना र हाल पनि सल्यानमा ४ जना ख्रीष्टियानहरु जेलको कष्टपूर्ण जीवन विताउनु परेको लगायतका विभिन्न घटनाका कारण नेपाली मण्डलीले दुःख भोग्दै गरेको अवगत गराउनु भयो । उहाँले केहि वर्ष पहिले नेपाल सरकारले ख्रीष्टियन महासंघसँग गरेको तीन बुँदे र छ बुँदे सहमतिको कार्यान्वयनको खाँचो औल्याउनुभयो । यहि ३ बुँदे र ६ बुँदे सहमतिको कार्यान्वयनले मात्र अहिले नेपाली मण्डलीले भोगिरहेको समस्या समाधान हुने भएकोले विश्वभर छरिएर रहेका नेपाली भाषी विश्वासीहरूको प्रार्थनाको खाँचो रहेको छ किनकि नेपाली ख्रिस्टियनहरूको अस्तित्व, पहिचान र अधिकार स्थापित गर्न नै महासंघ जन्मिएको हो भन्दै उहाँले महासंघको प्रतिनिधिको रुपमा यो भ्रमण उपलब्धीमूलक बनाउन आफूहरू देश–विदेश भ्रमणमा आएका लागि परेको कुरा बताउनुभयो । शिखर सम्मेलनमा सहभागी सबैले नेपाल देश, नेपालका मण्डलीहरू र महासंघका लागि सामूहिक प्रार्थना पनि गरियो । विएनसिए शिखर सम्मेलन सकिए लगत्तै महासंघका अध्यक्ष सि.वि गहतराज र उपमहासचिव तथा प्रवक्ता सागर बैजु अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीभाषी मण्डली, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिका साथै अमेरिकी सरकारका प्रतिनिधिसँग पनि भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd