धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

बागमती प्रदेशको बैठक धन्यवाद प्रस्ताव पारित गर्दै सम्पन्न

१३ असार २०७८ (आइतबार) । बागमती प्रदेशको बैठक महासंघका बागमती प्रदेश प्रमुख तथा केन्द्रिय उपाध्यक्ष रेभ. कृष्ण परियारको अध्यक्षता र केन्द्रिय सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख अधिवक्ता रिता थापा मगर काबोको प्रमुख आतित्थ्यमा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । बागमती प्रदेश उप प्रमुख पा. मोम लाल दोङले बैठकको विषय बस्तुको जानकारी गराउनु भएको थियो भने सहअध्यक्ष रिता थापा मगर काबोले नयाँ कार्य समितिलाई स्वागत तथा आगामी कार्यकालको सफलताको लागि अग्रिम बधाई दिनुभएको थियो ।

बैठकको संचालन बागमती प्रदेश सचिव एल्डर ज्ञानेन्द्र सापकोटाले गर्नु भएको थियोे भने सुरुको प्रार्थना प्रदेश समिति सदस्य केशर लामाले गर्नुभएको थियो । आराधनाको अगुवाई बागमती प्रदेश सह सचिव रेभ. किरण खातीले गर्नु भएको थियो भने बागमती प्रदेश महिला विभाग प्रमुख पा. तारा लिम्बुले स्वागत गर्नु भएको थियो ।

बागमती प्रदेशको अधिवेशन सफलता साथ सम्पन्न भएकोमा परमेश्वरलाइ धन्यवाद दिदै पुर्व पदाधिकारीहरुलाई धन्यवादको साथै नव निर्वाचित पदाधिकारीहरुलाई बधाई प्रस्ताव बैठकले पारित गरेको छ ।

बागमती प्रदेश प्रमुख रेभ. कृष्ण परियारले प्रदेश स्तरिय विभागहरुको काम, कर्तब्य बारे प्रस्ट्याउनुको साथै सबै विभागहरुलाई पूर्णता दिन विभागीय प्रमुखहरुलाई अनुरोध गर्नु भएको थियो । बागमती प्रदेश कोषाध्यक्ष पा. राम महर्जनले बैठकमा सहभागिहरु सबैलाइ धन्यवाद दिनुभयो भने बागमती प्रदेश उप प्रमुख रेभ सानुलाल बि.क. ले अन्तिम प्रार्थना गर्नु भएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd