धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न

बागमति प्रदेशको प्रथम अधिवेशन महासंघका उपाध्यक्ष पा. ज्ञान बहादुर सुनुवारको अध्यक्षता र केन्द्रिय अध्यक्ष सी.बी. गहतराजको प्रमुख आथित्यमा ३० जेठ २०७८ (आइतबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । सुरुको प्रार्थना सहअध्यक्ष रेभ. पा. रिन्जी लामाले गर्नु भएको थियो भने आराधनाको अगुवाई सचिव चित्ररेखा ओझाले गर्नु भएको थियो । बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुको भएको थियो । अधिवेशनमा केन्द्रिय पदाधिकारीहरु, बागमति प्रदेश पदाधिकारीहरु तथा विभिन्न ख्रीष्टियन संघसंस्थाहरुका पदाधिकारीहरु, विभिन्न प्रदेश प्रमुखहरु, पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागिता रहेको थियो ।

 

अध्यक्ष सी.बी. गहतराजले व्यानर वाचन गरेर भेलाको उद्घाटन गर्दै महासंघको दर्शन, मिशन र महासंघको भावि योजनाको विषयमा प्रस्ट्याउनु भएको थियो भने उपाध्यक्ष तथा बागमति प्रदेश प्रमूख पा. ज्ञान बहादुर सुनुवारले सांघठनिक प्रतिबेदन पेश गरेपछि सबैलाई धन्यवाद दिँदै बागमति प्रदेश समिति विघठन भएको घोषणा गर्नु भएको थियो ।

भेलाका अध्यक्ष मण्डलको अध्यक्षता सहअध्यक्ष रिता थापा मगर काबो र सदस्यहरु सहअध्यक्ष रेभ. पा. रिन्जी लामा, उपमहासचिव रेभ. पा. उद्धव चिमोरिया रहनु भएको थियो भने निर्वाचन मण्डलको अध्यक्षता उपाध्यक्ष अधिवक्ता भबिन्द्र राईले गर्नुभएको थियो । निर्वाचन मण्डलमा सचिव रेभ. पा. पे्रम कार्की र सचिव चित्ररेखा ओझा रहने गरि गठन भएको थियो । सो निर्वाचन मण्डलले उपाध्यक्ष रेभ. पा. कृष्ण परियार बागमति प्रदेश प्रमुख सहितको ५५ सदस्सीय पदअधिकारीहरुहरु सर्बसम्मतीले चयन भएको निर्वाचन मण्डलको अध्यक्ष अधिवक्ता भबिन्द्र राईले घोषणा गर्नु भएको छ । नव निर्वाचित पदअधिकारीहरुलाई अध्यक्ष सी.बी गहतराजले उपस्थित सबै सहभागिहरुको सामु प्रतिज्ञा वाचन गराउदै वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो भने क्वाइनोनिया पाटन चर्चका बरिष्ठ रेभ. डा. मंगलमान महर्जनले पदअधिकारीहरुको लागि आशिर्बादको प्रार्थना गर्नुभएको थियो ।

संचालन एल्डर ज्ञानेन्द्र सापकोटाले गर्नुभएको थियो भने महासंघका केन्द्रिय सदस्य पा. मोमलाल लामाले स्वागत गर्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरुलाई सहअध्यक्ष पा. टेक विक्रम हिताङ्ग, महासंघका एसिया महादेश प्रमुख रेभ. पा. राजु बराइली लगाएतको प्रदेश प्रमुखहरु तथा विभिन्न वक्ताहरुले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो भने नव निर्वाचित प्रदेश प्रमूख रेभ. पा. कृष्ण परियारले महासंघको उद्धेश्य र विधान बमोजिम आफूले पाएको जिम्मेवारीको उच्च सम्मान गर्दै प्रतिज्ञा गरे बमोजिम तन, मन, धन र वचनले लागि पर्ने घोषणा गर्दै कोरोनाको महामारीमा परी ज्यान गुमाउनु भएका पाष्टर, अगुवा तथा विश्वासीहरुलाई समवेदना प्रकट गर्दै शोक प्रस्ताव सहभागिको अनुमतिमा पारित गर्नुभएको घोषणा गर्नुका साथै महासंघको ११ बुदें घोषणा पत्रलाई आगामि कार्ययोजना बनाई यथासिघ्र अघि बढ्ने घोषणा गर्नुभएको छ ।

पूर्व प्रदेश प्रमुख पा. ज्ञान बहादुर सुनुवार लगाएतका पदअधिकारीहरुलाई धन्यवादका साथै आभार प्रकट गर्दै आउने दिनमा सबै मण्डली तथा संघसंस्थाहरुसँग समन्वय र सहकारी गर्दै अघि बढ्ने प्रदेश प्रमुख रेभ. पा. कृष्ण परियारले घोषण गर्नु भयो ।

 

उपाध्यक्ष रेभ. पा. सोनाम काबोले नव निर्वाचित पदअधिकारीहरुलाई बधाई दिएर सफल कार्यकालको लागि अग्रिम शुभकामनाको साथ अन्तिम प्रार्थना गर्नुभएको थियो ।

बागमति प्रदेशको नव निर्वाचित पदअधिकारीहरुका नामावलीहरुः १) प्रमुखः रेभ. कृष्ण डेविड परियार (ललितपुर), २) उप- प्रमुखः पा.लोक ब सुनुवार (रामेछाप), ३) उप- प्रमुखः रेभ.विष्णु परियार (चितवान), ४) उप- प्रमुखः रेभ. सानु लाल वि.क (चितवान), ५) उप- प्रमुखः पा. मोमलाल दोङ्ग (मकवानपुर), ६) उप- प्रमुखः रेनु श्रेष्ठ (सिन्धुली), ७) सचिवः ए.ज्ञानेन्द्र राज सापकोटा (काठमाण्डौ) ८) सह-सचिवः रेभ. किरण खाती (चितवान), ९) सह-सचिवः पा. दिपक भोलन (मकवानपुर), १०) कोषाध्यक्षः पा राम महर्जन (ललितपुर), ११) सह-कोषाध्यक्षः आशा श्रेष्ठ (काठमाण्डौ), १२) मण्डली समन्य विभाग प्रमुखः पा. सुपसिं तामाङ्ग (धादिङ्ग), १३) मण्डली समन्य विभाग उप-प्रमुखः पा. दिपेन्द्र सेन्चुरी (काठमाण्डौ), १४) मण्डली समन्य विभाग सदस्यः पा. विष्णु हरि वाग्ले (ललितपुर), १५) मण्डली समन्य विभाग सदस्यः पा. दिल बहादुर घले (नुवाकोट), १६) संघठन विभाग प्रमुखः पा. ओम प्रसाद भटराई (सिन्धुली), १७) संघठन विभाग उप-प्रमुखः रेभ.चित्र कुमार राई (ललितपुर), १८) संघठन विभाग सचिवः पा. सुक्र माझी (रामेछाप), १९) संघठन विभाग सदस्यः पा. मान ब खड्का (सिन्धुपाल्चोक), २०) संघठन विभाग सदस्यः पा. भरत खडका (दोलाखा), २१) महिला विभाग प्रमुखः पा. तारा लिम्बु के.सी (काठमाण्डौ), २२) महिला विभाग उप-प्रमुखः देब कुमारी राई (काठमाण्डौ), २३) महिला विभाग सचिवः निना तामाङ्ग सेर्पा (काठमाण्डौ), २४) महिला विभाग सदस्यः तुल्सा खडका (काठमाण्डौ), २५) महिला विभाग सदस्यः सानु माया अधिकारी (काठमाण्डौ), २६) प्रार्थना विभाग प्रमुखः पा. आइतमान गुरुङ्ग (धादिङ्ग), २७) प्रार्थना विभाग उप-प्रमुखः पा. सिर्जना राई (काठमाण्डौ), २८) प्रार्थना विभाग सदस्यः अ. बिन्दु महत्तो चौधरी (चितवान), २९) युवा विभाग प्रमुखः पा. दिपक तितुङ्ग (मकवानपुर), ३०) युवा विभाग उप-प्रमुखः पा. तीर्थराज गुरौ (चितवान), ३१) प्रचार प्रसार विभाग प्रमुखः पा. सुदिप राज भुषाल (काभ्रेपलान्चोक), ३२) प्रचार प्रसार विभाग उप-प्रमुखः पा. दाबा तामाङ्ग (भक्तपुर), ३३) प्रदेश समिति, सदस्यः पा. तेज नरसिं प्रजापति (भक्तपुर), ३४) प्रदेश समिति, सदस्यः डिकन. सुमन घले (धादिङ्ग), ३५) प्रदेश समिति, सदस्यः पा. कमल बहादुर.तामाङ्ग (धादिङ्ग), ३६) प्रदेश समिति, सदस्यः पा. याम तामाङ्ग (धादिङ्ग), ३७) प्रदेश समिति, सदस्यः पा. दाबा थामी (दोलखा), ३८) प्रदेश समिति, सदस्यः पा. जगत वहादुर थामी (दोलखा), ३९) प्रदेश समिति, सदस्यः ए. केशव पराजुली (दोलखा), ४०) प्रदेश समिति, सदस्यः पा. भीम बहादुर तामाङ्ग (सिन्धुपाल्चोक), ४१) प्रदेश समिति, सदस्यः राजकुमारी तामाङ्ग श्रेष्ठ (सिन्धुपाल्चोक), ४२) प्रदेश समिति, सदस्यः पा. किशोर कार्की (काभ्रेपलान्चोक), ४३) प्रदेश समिति, सदस्यः पा. बाल कृष्ण श्रेष्ठ (रसुवा), ४४) प्रदेश समिति, सदस्यः पा बेद बहादुर खड्का (रसुवा), ४५) प्रदेश समिति, सदस्यः नवराज माझी (रामेछाप),४६) प्रदेश समिति, सदस्यः दानियल सुनुवार (रामेछाप), ४७) प्रदेश समिति, सदस्यः पा. ईश्वर पुडासैनी (नुवाकोट), ४८) प्रदेश समिति, सदस्यः पा. अशोक रोका (नुवाकोट), ४९) प्रदेश समिति, सदस्यः पा. किसान तामाङ्ग (नुवाकोट), ५०) प्रदेश समिति, सदस्यःसुजिता तामाङ्ग (धादिङ्ग), ५१) प्रदेश समिति, सदस्यः पा. केशर लामा (चितवान), ५२) प्रदेश समिति, सदस्यः पा. कुमारसिंह प्रजा (मकवानपुर), ५३) प्रदेश समिति, सदस्यः पा. बिरबल तामाङ्ग (मकवानपुर), ५४) प्रदेश समिति, सदस्यः पा. जीवन शाह (मकवानपुर), ५५) प्रदेश समिति, सदस्यः पा. नविन आले (मकवानपुर)

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd