धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

२०७९ भदौ ७ राष्टिय ख्रीष्टियन महासंघ नेपालको कार्यालय सह प्रमुख सुभाष न्यौपानको बधाई तथा शुभकामना कार्यक्रम सामरीन्टर्स गेष्ट हाउस ललितपुरमा सम्पन्न भएको छ । सुरुको प्रार्थना सचिव पा. रुबेन महर्जनले गर्नुभएको थियो । आराधनामा सहकोषाध्यक्ष घनश्याम राजथलाले गर्नुभएको थियो । कार्य बहाक अध्यक्ष रेभ.डा. फिलेमोन खड्का क्षेत्रीले बाइबलबाट उत्साहपुर्ण वचन बाड्नुभएको छ । महासंघको कार्य बहाक अध्यक्ष रेभ.डा. फिलेमोन खड्का क्षेत्री, संस्थापक तथा संरक्षक सी.बी. गहतराज, सहअध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीहरुले बधाई तथा शुभकामना मन्तब्य राख्नुभएको थियो । महासचिव चित्ररेखा ओझाले कुसलताका साथ कार्यक्रम संचालन गर्नुभएको थियो । कार्य बहाक अध्यक्षले सबैलाई धन्यवाद सहित प्रार्थना गरेर समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd