धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

फौजदारी संहितामा धर्मः कसुर र सजाय विधेयक सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न

२० भदौ २०७४, काठमाण्डौँ । गत साउन २५ गते व्यवस्थापिका संसदबाट पारित फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक–२०७४ सम्बन्धमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले बेथशालोम पुतलीसडक चर्च काठमाण्डौँमा विभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरु संघसंस्थाका प्रमुखहरुको वृहत जनसहभागितामा अन्र्तक्रिया कार्यक्रम भव्यतका साथ सम्पन्न गरेको छ ।

विधायन समितका सदस्य एवम व्यवस्थापिका संसदका सांसद माननीय रामनारायण बिडारी

महासंघका सचिव पा. तेज बहादुर रोक्काको कुशल संचालन र सह–अध्यक्ष डा. फिलेमोन क्षेत्रीबाट सुरुको प्रार्थना भएको उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष सि.बि. गहतराजले गर्नुभएको थियो भने विधायन समितका सदस्य एवम व्यवस्थापिका संसदका सांसद माननीय रामनारायण बिडारीज्यूले प्रमुख आतिथ्यता र कार्यक्रमको दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको हो । साथै अतिथिहरुमा मुस्लिम समुदायका अध्यक्ष खुसिद् आलम, वानी नेपालका राष्ट्रिय निर्देशक डा. समित अहम्मद, फ्रिडम फर अलका सचिव मानवअधिकारकर्मी खगेन्द्र ओली, संविधानविद् अधिवक्ता धर्मराज रेग्मी लगायत महासंघका पदाधिकारीहरु मञ्चमा हुनुहुन्थ्यो ।  

अध्यक्ष सि.बि. गहतराज

कार्यक्रममा आशिष मण्डलीका यूवाहरुले स्वागत नृत्य प्रस्तुत गरी आतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने महासंघका महासचिव पा. पदमनाथ पराजुलीले मञ्चमा आसिन अतिथिहरु र उपस्थित सम्पुर्ण पाष्टर तथा अगुवाहरुलाई स्वागत सहितको मन्तव्य राख्नुभएको थियो । त्यसैैगरी महासंघका उप–महासचिव तथा प्रवक्ता पा. सागर बँैजुले कार्यक्रमको संक्षिप्त जानकारी दिनुभएको थियो सो कार्यक्रमका सहजकर्ता संविधानविद् अधिवक्ता धर्मराज रेग्मीज्यूबाट फौजदारी संहितामा धर्मः कसुर र सजाय सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुका साथै त्यस विषयसँग सम्बन्धित उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । अधिवक्ता रेग्मीले नेपालको संविधान धारा २६ धार्मिक स्वतन्त्रताको हकः १ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफनो आस्था अनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता भएकोले सबैले आफनो धर्म मान्न, अभ्यास र संरक्षण गर्न पाउने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो साथै नेपालको फौजदारी संहिता फ्रान्सको नेपोलियन संहिता भन्दा ४२५ वर्ष पुरानो कानुन रहेको समेत उहाँले जानकारी गराउनु भएको थियो ।   कार्यक्रमका प्रमुख अतिथि माननीय रामनारायण बिडारीले अहिले पारित भएको विधयेक धार्मिक समुदायहरुको लागि सजाय दिनको लागि नभई संरक्षणको लागि हो, यदि धर्मलाई राजनीतिले नियन्त्रण गर्न खोज्छ भने त्यो पाइँदैन भनि बताउनुभयो । साथै यस विधेयक सँग कुनै पनि धार्मिक समुदाय् नबुझि नडराउन उपस्थित सम्पुर्णलाई आग्रह गर्नुभएको थियो । त्यसैगरि महासंघका अध्यक्ष गहतराजले कार्यक्रमको समापन गर्नुभएको थियो भने सल्लाहकार एलिया प्रधानले अन्तिम प्रार्थना गर्नुएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd