धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

फन्ड रेजिङ्ग सम्बन्धि अभिमुखिकरण तालिम

२७ श्रावण २०७४, काठमाण्डौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय महिला विभागको आयोजनामा फन्ड रेजिङ्ग सम्बन्धि अभिमुखिकरण तालिम शालेम प्रार्थना भवन बुद्धनगर, काठण्डौंमा सम्पन्न भएको छ । तालिममा आवाना क्लब नेपालका निर्देशक गजेन्द्र तामाङज्यूले फन्ड रेजिङ्ग कसरी गर्ने र आफ्नो आर्थिक स्थितिलाई कसरी माथि उकास्ने भन्ने विषयमा सिकाउनु भएको थियो ।
सो तालिममा केन्द्रिय महिला विभागको अध्यक्ष डोमा राईज्यूले उत्साहित वचन बाँड्नु भएको थियो । अणु खड्का लावतीज्यूको प्रार्थनाबाट सुरू भएको तालिमलाई अध्यक्ष डोमा राईज्यूको प्रार्थनाबाट अन्त्य गरिएको थियो । तालिममा आमा, दिदीबहिनीहरूको उत्साहपूर्ण सहभागीता रहेको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd