धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्री–ख्रीष्टमस तथा सांस्कृतिक कार्यक्रम भव्यतका साथ सम्पन्न

२६ मंसिर २०७४, ललितपुर । आइतबार हङकङ्ग नेपाली ख्रीष्टियन काउन्सिलका अध्यक्ष पा. जेम्स कोरङ्गीको अध्यक्षता प्री–ख्रीष्टमस तथा सांस्कृतिक कार्यक्रम भव्यतका साथ सम्पन्न भएको छ । हङकङ्गमा रहेका नेपाली मण्डलीहरुको वृहत सहभागीता रहेको सो कार्यक्रममा काउन्सिलका सल्लाहकार रेभ. पा. राजु बराइलीज्यूले शुरुको प्रार्थना गर्नुभएको हो । काउन्सिल संयुक्त क्वाएर ग्रुपको विशेष प्रस्तुति रहेको सो कार्यक्रममा ख्रीष्टमसको विषयमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष तथा कार्यक्रमका प्रमुख वक्ता सी.वी. गहतराजज्यूले सन्देश दिनुभएको थियो । हङकङ्ग ख्रीष्टियन काउन्सिलका सचिव रेभ. जुडि चान र महासंघका अध्यक्ष गहतराजज्यू वीच भेट भएको सो कार्यक्रमको कुशल संचालन एल्डर माइकल लिम्बुले गर्नुभएको कार्यक्रमको अन्तिम प्रार्थना काउन्सिलका सल्लाहकार रेभ. पा. युक्तमान गुरुङज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd