धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रार्थना सभा सम्पन्न

५ असार २०७५, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल प्रार्थना विभागद्वारा काठमाण्डौँ चप्पलकारखानास्थित अनुग्रह प्रतापी मण्डलीमा प्रार्थना सभा हिजो सम्पन्न भएको छ । प्रार्थना विभागका प्रमुख देउमाया तामाङज्युले सबैलाई स्वागत गर्दै सुरुको प्रार्थना सोही मण्डलीका पा. आत्माराम रम्तेलज्यूले गर्नुभई डिकन रामशरण मगरज्यूले स्तुतिप्रशंसाको अगुवाई गर्नुभएको हो । प्रार्थना सभामा महासंघ र सरकार वीच भएको ३ बुँदे र ६ बुँदे सहमती कार्यान्वयन र ख्रीष्टियन समुदायको राष्ट्रिय सरोकारको विषयहरु साथै देशमा भईरहको विभिन्न समस्याको समाधानको निम्ति प्रार्थना सभाको आयोजना गरिएको हो । सो प्रार्थना सभाको संचालन डि. दिपेन्द्र खड्काज्यूले गर्नुभएको थियो भने आशिषमय अभिप्रेरित वचनको सेवा सिलोआम टुप्पेक मण्डलीका पा. जीवन बस्नेतज्यूले गर्नुभएको थियो । प्रार्थनाको अगुवाई प्रार्थना विभागका सहसचिव मिना गुरुङज्यू, उप–प्रमुख प्रेमा राईज्यू, पा. मन्दिर कुमार श्रेष्ठज्यु लगायतले प्रार्थनाको अगुवाई गर्नुभई अन्तिम प्रार्थना सभाको समापनको प्रार्थना विभागका प्रमुख देउमाया तामाङज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd