धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रार्थनाको लागि अनुरोध

१५ असोज २०७४, काठमाण्डौँ । वल्खुस्थित जागरण बस्तीमा १४ गते राती १० बजेबाट भिषण आगलागी हुँदा ४२ घर जलेर नष्ट भएको छ । झण्डै ४८ परिवार बसोबास गर्दै आएको उक्त बस्तीमा जागरण मण्डलीको भवन र त्यसभित्र भएका करिब २६ लाख बराबरको जिन्सी सबै समानहरु र नगद रु २२ हजार जलेर पुरै नष्ट भएको त्यसै स्थानीय मण्डलीका पाष्टर दानिएल चन्द्र पुनले घटनाको बारेमा हामीलाई जानकारी दिनुभएको हो । सो आगलागी घटनाबाट विस्थापित परिवार लगाएत क्षतिको स्थलगत निरीक्षण एवंम प्रार्थना गर्नको लागि राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सी.वि. गहतराज, उपाध्यक्ष एवंम अन्र्तराष्ट्रिय विभाग प्रमुख अन्ना पेडन, कार्यालय सचिव निरोज तोलाङे र मानवअधिकारकर्मी खगेन्द्र आलीको संयुक्त टोलीले घटनाको स्थलगत निरीक्षण गर्नुभएको छ । आगलागीबाट पीडित दाजुभाई तथा दिदीबहिनीहरुलाई धैर्यधारण गर्ने शक्ति र बसोबास व्यवस्थापन लगाएत अत्यावश्यक कार्यको लागि प्रार्थना गरिदिनुहुन सम्पुर्ण राष्ट्रिय तथा अन्र्तराष्ट्रिय ख्रीष्टियन मण्डली र संघसंस्थाहरुमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल हार्दिक आह्वान गर्दछौँँ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd