धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रभु येशु ख्रीष्टको शुभजन्मोत्सवको शुभकामना

९ पुस २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले भृकुटीमण्डपस्थ्ति रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। प्रभु येशु ख्रीष्टको शुभजन्मोत्सव–२०७४ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न सो पत्रकार सम्मेलनको आयोजना गरेको हो । विश्वभरका अरबौं मानिसहरुले निकै हर्षोउल्लासका साथ विभिन्न प्रकारले यस पर्वलाई उत्सवमा रुपमा मनाउने गर्दछन् । २०६२/२०६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई प्रभु येशू ख्रीष्टको शुभजन्म दिन पौष १० Dec 25 लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक विदा घोषणा गरेकोमा नेपाली ख्रीष्टियन समुदायले उक्त घोषणाको स्वागत गरिसकेका छन् । महासंघका महासचिव पा. पदमनाथ पराजुलीज्यूले संचालन गरेको सो पत्रकार सम्मेलनमा उप–महासचिव तथा प्रवक्ता पा. सागर वंैजूज्यूले शुभकामना विज्ञप्तीलाई सबैका सामु पढेर सुनाउनु भएको थियो । महासंघले सो विज्ञप्ती मार्फत प्रभु येशूको शुभजन्मोत्सव–२०७४ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेको छ । साथै महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले राष्ट्रिय तथा अन्तराष्ट्रिय मण्डली, ख्रीष्टियन संघसंस्थाहरुले ख्रीष्टमसको अवसरमा विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रमहरु र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले भोली पौष १० गते राष्ट्रिय सभा गृहमा आयोजना गरेको ख्रीष्टमस महोत्सव–२०७४ लाई सफल गराउँनका लागि सहयोग गरिदिनु हुन नेपाल सरकार, राजनीतिक दल, कुटनीतिक नियोग, मानव अधिकारर्मी, पत्रकार, सुरक्षा निकाय र सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा महासंघले अपिल गरेको छ । येशू ख्रीष्टको शुभ जन्म दिनको खुसीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन यस अवसरलाई संसारभर विशेष महत्वका साथ मनाउने यो पर्व हामी नेपाली ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई उत्सवको रुपमा विशेष महत्वका साथ येशू ख्रीष्टको शुभ जन्मोत्सव (ख्रीष्टमस बडादिन) को अवसर हर्षोउल्लासका साथ विश्वभर विभिन्न कार्यक्रम गरी ख्रीष्टमस मनाइन्छ । यो अवसरमा येशूको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै, प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गर्ने सुनौलो अवसर हो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd