धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रधानमन्त्री तथा मन्त्रीपरिषदबाट प्रस्ताबित राष्ट्रिय सदाचार नीतिको सम्बन्धमा पास्टर अगुवाहरुसँग वृहत छलफल तथा प्रार्थना कार्यक्रम सम्पन्न ।

११ बैशाख, २०७५ । आज राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा क्वाईनोनिया पटन मण्डलीमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्रस्ताबित राष्ट्रिय सदाचार नीतिको सम्बन्धमा पास्टर अगुवाहरुसँग वृहत छलफल तथा प्रार्थना कार्यक्रम सम्पन्न भएको छ । महासंघका उप–महासचिव पा. चन्द्रमान नेपालीज्यूले संचालन गर्नुभएको कार्यक्रममा महासचिव पा. पदमनाथ पराजूलीज्यूले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने उप–महासचिव तथा प्रवक्ता पा. सागर वैजूज्यूले विषयवस्तु प्रवेश गर्नुभएको थियो । सो क्रममा उहाँले सदाचार नीतिको सम्बन्धमा स्पष्ट पार्नुभएको थियो । क्वाईनोनिया पटन मण्डलीका वरिष्ठ पा.रेभ. डा. मंगलमान महर्जनज्यू, नेपाली इसाई मण्डली ज्ञानेश्वरका पा. शामुएल डन कार्थकज्यू, पा. वि.पि. खनालज्यू, पा. नवराज पन्तज्यू, महासंघका सहअध्यक्ष डा. फिलेमोन क्षेत्री, उपाध्यक्ष शामुएल सोदेम्बा, राइज एण्ड साइनका साविना चाम्लिङ, नेपाल ख्रीष्टिय राहत सेवाका कार्यकारी निर्देशक रोमी के.सी. मगर लगायतका व्यक्तिहरुले अहिलेको जटिल परिस्थितिमा सबैजना मिलेर एक भई प्रार्थना सहित अगाडि बढ्नु पर्ने सुझाव दिनुभएको थियो । त्यसैगरि महासंघका अध्यक्ष सि.वि. गहतराजज्यूले नेपाली इसाई समुदायको हकहितका लागि महासंघ लागी परेको हुँदा सबैको साथ, सहयोग र प्रार्थना गरिदिनुहुन सबैलाई अनुरोध गर्नुभयो । उहाँले अहिलेको अवस्थामा हामी ख्रीष्टियन समुदायलाई योजनावद्ध रुपमा आक्रमण भइंरहको हुँदा सबैजना सजग रहन आग्रह गर्नुभएकोे थियो । कार्यक्रममा उपस्थित पास्टर तथा अगुवाज्यूहरुले महासंघले इसाई समुदायको सयुक्त आवाजलाई लिएर अगाडि बढेको हुँदा सबैको साथ र सहयोग रहने बताएका छन् । साथै छलफलमा अहिलेको जटिल परिस्थिति र समस्याहरुको निम्ति प्रार्थना पनि गरिएको थियो । जसको अगुवाइ उपाध्यक्ष रेभ. रिन्जी लामाले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd