धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रदेश नं २ मा सचेतना अभिवृद्धि तथा सर्वेक्षण सम्बन्धी छलफल भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, २ नं प्रदेशको आयोजनामा सचेतना अभिवृद्धि तथा सर्वेक्षण सम्बन्धी छलफल कार्यक्रम २९ भाद्र २०७७ (सोमबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता महासंघका उपाध्यक्ष तथा २ नं प्रदेश प्रमूख रेभ. पा. प्रदिप मोरबैता यादवले गर्नुभएको थियो भने सुरुको प्रार्थना उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरियाले गर्नुभएको थियो । छलफल कार्यक्रममा महासंघका अध्यक्ष, बरिष्ठ सहअध्यक्ष, केन्द्रिय तथा जिल्ला पदअधिकारीहरु, पाष्टर तथा अगुवाहरुको सहभागिता रहेको थियो ।

महासंघका अध्यक्ष सी.बी. गहतराजले छलफलमा सहभागिहरुलाई धन्यवाद दिँदै प्रदेश नं २ मा रहेको मण्डली तथा ख्रीष्टियन संघ संस्थाहरुलाई २०७८ सालको जनगणनाको सचेतना अभियान र सर्वेक्षणको लागि महासंघलाई साथ, सहयोग र सहकार्य गर्नको लागि आहवान गर्नु भएको थियो । उपमहासचिव पा. धनराज घिमिरेले २०७८ सालको जनगणनाको सचेतना अभिवृद्धि र नेपाली ख्रीष्टियन समूदायको सर्वेक्षणको विषयमा प्रस्ट्यानु भएको थियो । कानुनी सल्लाहाकार अधिवक्ता बुद्ध घिसिङ्गले सर्वेक्षणको विषयमा कानुनी मुल्य, मान्यता र आवश्यकता बारे जानकारी गराउनु भयो । सहअध्यक्ष तथा संघठन विभाग र ५ नं प्रदेश प्रमूख पा. टेक विक्रम हिताङ्गले राष्ट्रिय ख्रीष्टियन महासंघको संगठन विस्तारको विषय प्रस्तुत गर्नुभएको थियो ।

बरिष्ट सह–अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले पवित्र धर्मशास्त्र बाईबलबाट उत्साहपूर्ण बचन बाँड्नु भएको थियो भने आराधनाको अगुवाई पा. साइमन थापाले गर्नुभएको थियो । महासंघ रौतहट जिल्ला अध्यक्ष रेभ. पा. दिपक राईले छलफलमा उपस्थित सम्पूर्णपद अधिकारीहरुलाई स्वागत गर्नुभएको थियो । उपाध्यक्ष तथा २ नं प्रदेश प्रमूख रेभ. पा. प्रदिप मोरबैता यादवले छलफलमा सहभागिहरुलाई धन्यबाद दिनुभई छलफमा समापन गर्नुभएको थियो । सह पाष्टर रोसन लामाले कुशलता साथ कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd