धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

प्रदेश नं २ को दोस्रो अधिवेशन सम्पन्न

प्रदेश नं २ को दोस्रो अधिवेशन महासंघका उपाध्यक्ष रेभ. प्रदीप मोरबैता यादवको अध्यक्षता र केन्द्रिय अध्यक्ष सी.बी. गहतराजको प्रमुख आथित्यमा १० श्रावण २०७८ (आइतबार) भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ । सुरुको प्रार्थना पा. रिपोहन मण्डलले गर्नु भएको थियो भने आराधनाको अगुवाई अनिश थापाले गर्नु भएको थियो । उपाध्यक्ष तथा चर्च समन्वय विभाग प्रमुख रेभ. सोनाम काबोले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुको भएको थियो । अधिवेशनमा केन्द्रिय पदाधिकारीहरु, प्रदेश नं २ का पदाधिकारीहरु तथा विभिन्न ख्रीष्टियन संघसंस्थाहरुका पदाधिकारीहरु, प्रदेश प्रमुखहरु, पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागिता रहेको थियो ।

अध्यक्ष सी.बी. गहतराजले ब्यानर वाचन गरेर भेलाको उद्घाटन गर्नु भएको थियो भने सहअध्यक्ष तथा संघठन विभाग प्रमुख पा. टेक विक्रम हिताङ्गले महासंघको दर्शन, मिशन र महासंघको भावि योजनाको विषयमा प्रस्ट्याउनु भएको थियो । उपाध्यक्ष तथा प्रदेश नं २ प्रमूख रेभ. प्रदीप मोरबैता यादवले सांघठनिक प्रतिबेदन पेश गरेपछि सबैलाई धन्यवाद दिँदै प्रदेश नं २ को समिति विघठन भएको घोषणा गर्नु भएको थियो ।

भेलाका अध्यक्ष मण्डलको अध्यक्षता सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख रिता थापा मगर काबो र सदस्यहरु सहअध्यक्ष तथा संघठन विभाग प्रमुख पा. टेक विक्रम हिताङ्ग, उपाध्यक्ष तथा मण्डली समन्वय विभाग प्रमुख रेभ. सोनाम काबो रहनु भएको थियो भने निर्वाचन मण्डलको अध्यक्षता उपाध्यक्ष अधिवक्ता भबिन्द्र राईले गर्नुभएको थियो । निर्वाचन मण्डलमा उपमहासचिव तथा प्रवक्ता रेभ. उद्धव चिमोरिया र सचिव चित्ररेखा ओझा रहने गरि गठन भएको थियो । सो निर्वाचन मण्डलले रेभ. प्रदीप मोरबैता यादव प्रदेश प्रमुख सहितको ३४ सदस्सीय पदअधिकारीहरु सर्बसम्मतीले चयन भएको निर्वाचन मण्डलको अध्यक्ष अधिवक्ता भबिन्द्र राईले घोषणा गर्नु भएको छ । नव निर्वाचित पदअधिकारीहरुलाई अध्यक्ष सी.बी गहतराजले उपस्थित सबै सहभागिहरुको सामु प्रतिज्ञा वाचन गराउदै वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो भने उपाध्यक्ष तथा मण्डली समन्वय विभाग प्रमुख रेभ. सोनाम काबोले नव निर्वाचित पदअधिकारीहरुको लागि आशिर्बादको प्रार्थना गर्नुभएको थियो ।

संचालन पा. रोशन लामाले गर्नुभएको थियो भने महासंघका केन्द्रिय सदस्य रेभ. दिपक रायले स्वागत गर्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरुलाई उपमहासचिव तथा प्रवक्ता रेभ. उद्धव चिमोरिया लगाएतको प्रदेश प्रमुखहरु तथा विभिन्न वक्ताहरुले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो भने नव निर्वाचित प्रदेश प्रमूख रेभ. प्रदीप मोरबैता यादवले महासंघको उद्धेश्य र विधान बमोजिम आफूले पाएको जिम्मेवारीको उच्च सम्मान गर्दै प्रतिज्ञा गरे बमोजिम तन, मन, धन र वचनले लागी पर्ने घोषणा गर्दै महासंघको ११ बुदें घोषणा पत्रलाई आगामि कार्ययोजना बनाई यथासिघ्र अघि बढ्ने घोषणा गर्नुभएको छ ।

बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले नव निर्वाचित पदअधिकारीहरुलाई बधाई दिएर सफल कार्यकालको लागि अग्रिम शुभकामनाको साथ अन्तिम प्रार्थना गर्नुभएको थियो ।

प्रदेश नं २ को नव निर्वाचित पदअधिकारीहरुका नामावलीहरुः १) प्रमुखः रेभ. प्रदिप मोरबैता यादव (धनुषा), २) उप- प्रमुखः रेभ. दिपक राई (रौतहट), ३) उप- प्रमुख तथा महिला विभाग प्रमुखः मुना लामिछाने (रौतहट), ४) सचिव तथा प्रार्थना विभाग प्रमुखः पा. रोसन लामा (सिरहा), ५) कोषाध्यक्षः रिनेश कुमार तामाङ्ग (सिरहा), ६) चर्च समन्वय विभाग प्रमुखः पा. राज कुमार घिमिरे (पर्सा), ७) संघठन विभाग प्रमुखः पा. जेम्स आले (महोत्तरी), ८) प्रार्थना विभाग सहप्रमुखः ए. बिनोद यादव (धनुषा), ९) यूवा तथा खेलकुद विभाग प्रमुखः ए. उमेश यादव (धनुषा ), १०) प्रदेश समिति सदस्य पा. विमलेस पासवान (धनुषा), ११) प्रदेश समिति सदस्य पा. अमित महरा (धनुषा), १२) प्रदेश समिति सदस्य पा. विशेस्वर पासमान (धनुषा), १३) प्रदेश समिति सदस्य पा. अरुण कुमार मण्डल (धनुषा), १४) प्रदेश समिति सदस्य गुड्डु दास (महोत्तरी), १५) प्रदेश समिति सदस्य पा. कुशल देवकोटा (महोत्तरी), १६) प्रदेश समिति सदस्य पा. रवि लामा (महोत्तरी), १७) प्रदेश समिति सदस्य पा. कपिलदेव चौधरी (सर्लाही), १८) प्रदेश समिति सदस्य पा. राम लामा (सर्लाही), १९) प्रदेश समिति सदस्य पा. सिमोन राई (पर्सा), २०) प्रदेश समिति सदस्य राम बाबु पासवान (पर्सा), २१) प्रदेश समिति सदस्य पा. प्रकाश दास (बारा), २२) प्रदेश समिति सदस्य पा. हरिहर चौधरी (बारा), २३) प्रदेश समिति सदस्य पा. विष्णु राई (बारा), २४) प्रदेश समिति सदस्य ए. हरि नगरकोटी (बारा), २५) प्रदेश समिति सदस्य पा. हरिदेव चौधरी (सप्तरी), २६) प्रदेश समिति सदस्य पा. रिपोहन मण्डल (सिरहा), २७) प्रदेश समिति सदस्य अन्जु राई (सिरहा), २८) प्रदेश समिति सदस्य पा. साजन कुमार चौधरी (सिरहा), २९) प्रदेश समिति सदस्य पा. महेश कुमार मुखीया (सिरहा), ३०) प्रदेश समिति सदस्य लक्ष्मी आचार्य (रौतहट), ३१) प्रदेश समिति सदस्य पा. प्रमोद आचार्य (रौतहट), ३२) प्रदेश समिति सदस्य रामबाबु राम (रौतहट), ३३) प्रदेश समिति सदस्य ए. लाल बहादुर राई (रौतहट), ३४) प्रदेश समिति सदस्य पा. गोरख माझी (रौतहट)

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd