धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

पुस ५ गते महिला विभागले ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम गर्ने

१७ कात्र्तिक २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टयन महासंघ नेपालको केन्द्रिय महिला विभागका अध्यक्ष डोमा राई ज्यूको अध्यक्षतामा महिला विभागको बैठक ललितपुरस्थित महासंघको कार्यालयमा सम्पन्न भएको छ । अध्यक्ष डोमा राई ज्यूले शुरुको प्रार्थना गर्नुभई बैठक सुरु भएको थियो । बैठकले महिला विभागद्धारा पुस ५ गते अर्थात डिसेम्बर २० बुधवारका दिन विहान ११ बजे क्वाईनोनिया नयाँ वानेश्वर मण्डलीमा आयोजना गरिने ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम सफल बनाउनको निम्ति छलफल गरेको छ । साथै कार्यक्रम सभ्य र भव्य बनाउन केन्द्रिय महिला समिति सदस्य लगायतका दिदीवहिनीज्युहरुको जिम्मेवारी बाँडफाँड तथा कार्यविभाजन गरिएको थियो भने महासंघमा आवद्ध महिला सदस्यहरु साथै केन्द्र र वाहिरी जिल्लाका महिला अतिथिज्यूहरुलाई स्वागत गर्ने विषयमा समेत छलफल भएको केन्द्रिय महिला विभागका सह–सचिव पा. इन्दु राईज्यूले वताउनुभयो । महिला विभागले महासंघमा आवद्ध महिला सदस्यहरुलाई सहभागिता भईदिनुहुन समेत हार्दिक अनुरोध गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd