धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

पुनरुत्थान (इष्टर) महोत्सव २०१८ खुल्लामञ्चमा भव्यताका साथ सम्पन्न 

१८ चैत्र २०७४, काठमाण्डौँ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि काठमाण्डौँ उपत्यकामा रहेका ईसाई समुदाय (चर्चहरु) को संयुक्त आयोजनामा विभिन्न मण्डलीका पाष्टर अगुवाज्यूहरु र विश्वासीहरुको व्यापक उपस्थितीमा पुनरुत्थान (इष्टर) महोत्सव २०१८ खुल्लामञ्चमा भव्यताका साथ सम्पन्न भएको छ । येशू ख्रीष्टको बौरी उठाइको दिन भएकोले सबै इसाई समुदायहरु हर्षका साथ गितहरु गाउँदै, नाच्दैँ यस पुनरुत्थान (इष्टर) महोत्सव २०१८ मा सहभागी भएका थिए । रत्नपार्कस्थित खुल्लामञ्चमा भेला हुनु अघि विभिन्न ठाउँबाट निकालिएको शान्ति प्रार्थना पदयात्रामा विभिन्न स्थानीय मण्डलीबाट पुनरुत्थान सम्बन्धी आशामूलक सन्देशहरु लेखिएको संयुक्त व्यानरहरु र प्लेकार्ड लिएर निस्किएको थियो । सो शान्ति प्रार्थना पदयात्रा काठमाडौंको चावहिल, ज्ञानेश्वर, काटेश्वर,तिनकुने, बानेश्वर, बालकुमारी, ग्वार्को,मंगलबजार, जावलाखेल कलंकी,बल्खु,कालिमाटी लगायत उपत्यकाका विभिन्न ठाउँबाट हुँदै खुल्लामञ्चमा पुगरे संयुक्त सभामा परिणत भएको हो । महोत्सवका अध्यक्ष रेभ. डा. सिमोन पाण्डेज्यूले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो भने स्तुती प्रशंसाको अगुवाई गायक राजेश राईज्यू र संगित झुण्डले अगुवाई गर्नुभएको थियो । अतिथि तथा पाष्टर अगुवाज्यूहरुले बेलुन उडाएर महोत्सवको समुदघाटन गर्नुभएको सो महोत्सवमा नेपाली संगितका चर्चित गायिका अन्जु पन्तज्यू र ख्रीष्टियन जगतका चर्चित गायक राजेश राईज्यू र गायिका सुस्मिता राईज्यू लगायतका संगित झुण्डले महोत्सवमा विशेष गितहरु, ट्याम्बोरिन डान्स, नृत्य प्रस्तुत गर्नुभएको थियो । महोत्सवका प्रमुख वक्ता रेभ. पा. डा. मंगलमान मर्हजनज्यूले परमेश्वरको आशिषमय वचन इष्टर सन्देश बाँड्नुभएको थियो भने पास्टर हनोक तामाङज्यू, पा. डिल्लीराम पौँडेलज्यू र सी.वी. गहतराजज्यूले शुभकामना मन्तव्य दिनुभएको थियो । महोत्सवमा देशका लागि सामुहि प्रार्थना समेत गरिएको थियो भने उक्त महोत्सवको संचालन एल्डर शेर ए.सि.ज्यू र पा. सागर बैजुज्यूले गर्नुभई महोत्सव संयोजक पा. पदमनाथ पराजुलीज्यूले महोत्सवमा सहभागी सबैलाई धन्यवाद दिँदै महोत्सव समापनको प्रार्थना रेभ. डा. सुन्दर थापाज्यूले गर्नुभएको थियो । येशू ख्रीष्ट बौरी उठनु भएको दिन भएकोले हामी ख्रीष्टियन समुदायले यो दिनलाई विशेष रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भव्यताका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउँदै आइरहेका छन् ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd