धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

पा. निमा घिसिङज्यूलाई प्रमाण पत्र हस्तान्तरण

८ चैत २०७४, ललितपुर । विश्वभरी छरिएर रहेका विभिन्न मुलुकका सद्भावदुतहरुलाई समन्वय र परिचालन गर्नको लागि प्रवासी समन्वय विभाग प्रमुख पा. निमा घिसिङज्युलाई आज एक समारोह विच महासंघको तर्फबाट स्वागत तथा प्रमाण पत्र हस्तान्तरण गरेको छ । समारोहमा महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले पा. निमा घिसिङज्युलाई प्रवासी समन्वय विभाग प्रमुखको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो ।  महासंघको विगतको गतिविधि र हाल निरन्तर गर्दै आएको कामहरुका बारेमा जानकारी गराउदैँ अध्यक्ष सी.वी. गहतराजज्यूले आगामी दिनमा कसरी विश्वभरी छरिएर रहेका प्रवासी नेपाली भाषी मण्डलीहरुको वीचमा सम्बन्ध स्थापित गरी समन्वय तथा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत बताउँनुभएको थियो । उक्त समारोहमा महासंघका अध्यक्ष लगायतका विभिन्न पदाधिकारीज्यूले प्रमुख घिसिङज्यूलाई खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो । पा. निमा घिसिङज्यूले सम्मान पश्चात महासंघले ख्रीष्टियन समुदायको हक अधिकार र अस्तित्व पहिचान गराउन निरन्तर नेपालमा गर्दै आएको कार्यको प्रशंसा गर्नुभएको थियो साथै उहाँले आगामी दिनमा प्रवासमा रहेको नेपाली भाषी मण्डलीहरु तथा सदभावदूतहरुलाई समन्वय र परिचालन गर्दै आफुले पाएको जिम्मेवारी वहन गर्ने बताउँनु भएको थियो । सो समारोहको सुरुको प्रार्थना सह–अध्यक्ष रेभ. पा. शामूएल सोदेम्बाज्यूले गर्नुभई अन्तिम प्रार्थना सह–अध्यक्ष रेभ. काजीरत्न मर्हजनज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd