धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

पा. देवीलाल श्रेष्ठज्यूको संयोजकत्वमा २५ सदस्यीय महासंघको यूवा विभाग गठन

३ कात्र्तिक २०७४, काठमाण्डौँ । उपत्यकाबाट जम्मा भएका विभिन्न मण्डलीका यूवालाई परिचालन तथा सम्र्बधन गर्न हिजो शनिबार चप्पल कारखानास्थित अनुग्रही प्रतापी मण्डलीमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको यूवा विभाग उपत्यका भेला वृहत रुपमा सम्पन्न भएको छ । महासंघका सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यू र आर्थिक व्यवस्थापन विभाग प्रमुख तथा केन्द्रिय सचिव पा. हेम बहादुर थापाज्यूले सो भेलालाई सम्बोधन गर्दै महासंघ स्थापनाको उदेश्य र यूवाहरुको भूमिकाबारे जानकारी गराउनुभएको थियो । त्यहाँ उपस्थ्ति भेलाले पा. देवीलाल श्रेष्ठज्यूको संयोजकत्वमा २५ सदस्यीय यूवा विभाग गठन गरेको छ । साथै भेलाले महासंघको रिक्त रहेका यूवा विभाग प्रमुखमा पा. देवीलाल श्रेष्ठज्यूलाई पठाउने समेत निर्णय गरेको छ । सो व्यवस्थापनको जिम्मा सचिव तथा व्यवस्थापन विभाग प्रमुख पा. उद्धव चिमोरियाज्यूको संयोजकत्वमा सदस्यहरु महासंघका महासचिव पा. पदमनाथ पराजुलीज्यू, र आर्थिक विभाग प्रमुख तथा सचिव पा. हेम बहादुर थापाज्यूलाई गत केन्द्रिय विशेष कार्यकारी समितिको बैठकले जिम्मेवारी दिएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd