धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

पाष्टर तथा अगुवाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९ भदौ १७ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको, मण्डली समन्वय विभागको आयोजनामा पाष्टर तथा अगुवाहरु बिच अन्तरक्रिया कार्यक्रम महान आशिष मण्डली सिन्धुपाल्चोकमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बलेफी र जुगल गाउँपालिकाका पाष्टर, अगुवाहरुको उपस्थित रहेको थियो । सुरुको प्रार्थना स्थानिय मण्डलीका पा. भुपेन्द्र भण्डारीले गर्नुभई कार्यक्रमलाइ अगाडी बढाउनु भएको थियो । संचालन सचिव पा. राम महर्जनले गर्नुभएको थियो । बाइबलका बिभिन्न पदबाट डा. जितेन्द्र घिमिरेले उत्साहपुर्ण वचन बाँड्नुभएको थियो । सहअध्यक्ष तथा मण्डली समन्वय बिभाग प्रमुख रेभ.पा. सोनाम काबोले महासंघको गतिविधि, महत्व साथै उदेश्यको बारेमा जानकारी गराउनु भएको थियो भने सचिव पा. रुबेन महर्जनले महासंघमा मण्डली दर्ता प्रक्रियाको बारेमा जानकारी गराउनु भयो । साथै उपाध्यक्ष पा. ख्रीष्टभक्त महर्जनले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, नेपाल राष्ट्रिय मण्डली संगती र नेपाल ख्रीष्टियन समाजको महत्व र उदेश्यको बारेमा स्पष्ट पार्नुभएको थियो । सहअध्यक्ष पा. सोनाम काबोले उपस्थितीहरुको बिभिन्न प्रश्नहरुको जवाफ दिनुका साथैे उपस्थिती सम्पुर्णलाई धन्यवाद दिनुभई अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd