धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

पहिलो विशेष प्रार्थना अभियान सम्पन्न

 

३ जेठ २०७८ काठमाण्डौ, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको केन्द्रिय प्रार्थना विभागले (COVID-19) कोरोना भाइरसको महामारी र इजरायल र प्यालेस्टाइन बिच भैरहेको द्वन्दलाई मुख्य प्रार्थनाको विषय बनाई आयोजित पहिलो विशेष प्रार्थना अभियान भर्चुअल विधि “जुम एप” मार्फत महासंघका पदाधिकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागितामा सम्पन्न भएको छ । केन्द्रिय प्रार्थना विभाग प्रमुख देउमाया तामाङ्गले सबै सहभागिहरुलाई स्वागत गर्नुभएको थियो भनेे बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीलेे बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाँड्नुको सथै चुनाउती पनि दिनुभयो ।

आराधनाको अगुवाइ केन्द्रिय प्रार्थना विभाग संयोजक मोनिका राईले गर्नुभएको थियो भने संचालन तथा प्रार्थनाको अगुवाइ मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबोलेे गर्नुभयोे । विभिन्न विषयहरु जस्तै (COVID-19) कोरोना भाइरसको महामारीमा परेर बिरामी हुनु भएकाहरुका चङ्गाइको सम्बन्धमा सहअध्यक्ष पा. तेजमान तामाङ्ग, इजरायल र प्यालेस्टाइन बिच भैरहेको द्वन्द समाधानको सम्बन्धमा सहअध्यक्ष रीता थापा मगर काबो, (COVID-19) कोरोना भाइरसको महामारीको प्रभावमा परेकाहरुको अवस्था र सहयोगको सम्बन्धमा सहअध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमुख पा. टेक विक्रम हिताङ्ग, विश्वभरि रहेका पाष्टर, अगुवाहरु तथा विश्वासीहरुको सुरक्षाको सम्बन्धमा सहअध्यक्ष रेभ. पा. रिन्जी लामा, शोकसन्तप्त परिवारहरुलाई परमेश्वरको शान्तवना रहेको होस् भनि महासंघका एसिया महादेश प्रमुख रेभ. पा. राजु बराइली र नेपाली डायस्पोरा मण्डलीहरुको सुरक्षाको निम्ति प्रवासी तथा गैह्र आवासीय विभागका सहप्रमुख रेभ. डा. प्रकाश मेघी गुरुङ्गले प्रार्थना गर्नु भएको थियो ।

महासंघका अध्यक्ष सी.बी. गहतराजले सहभागी सबैलाई धन्यबाद दिनुभयो भने पा. हरि प्रधानले अन्तिम प्रार्थना गर्नु भएको थियो । हरेक सोमबार र शुक्रबार बेलुका ५ः३० बजे विशेष प्रार्थना अभियान संचालन भैरहेको र सबैलाई सहभागितका हार्दिक अपिल गर्दछौँ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd