धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नेपाल राष्ट्रको लागि साप्ताहिक प्रार्थना सम्पन्न

कार्तिक १३, २०७६ का दिन नेपाल राष्ट्रको लागि साप्ताहिक प्रार्थना विभिन्न मण्डलीको पाष्टर, अगुवाको उल्लेखनीय सहभागीताको साथ महासंघको कार्यालय सातदोबाटोमा सम्पन्न भएको छ । उपमहासचिव एवम् प्रवक्ता रेभ. उद्धव चिमोरियाले जसरी ख्रीष्ट हाम्रो निम्ती नम्र भएर बलिदान हुनु भयो त्यसरी नै हामी विश्वासीहरु नम्रतामा रहेर परमेश्वरको कामलाइ अगाडी बढाउनु पर्छ भन्ने परमेश्वरको बचनद्धारा उत्साह दिनुभयो साथै एल्डर दिनेश कन्दङवाले प्रार्थनाको संचालन गर्नुभएको र नेपाल राष्ट्रको लागि विभिन्न विषयक प्रार्थना डिकन काजीमान लिम्बुले गर्नुभयो । सहभागी सम्पुर्णलाइ धन्यबाद, प्रार्थनाको समापन अध्यक्ष सी.वी. गहतराजले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd