धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नेपाल राष्ट्रको लागि मासिक प्रार्थना सम्पन्न

मंसिर २, २०७६ ! विभिन्न मण्डलीको विश्वासी, पाष्टर र अगुवाहरुको उल्लेखनीय सहभागीताको साथ नेपाल राष्ट्रको लागि प्रार्थना अनुग्रह प्रतापी मण्डली चप्पलकारखाना काठमाण्डौमा सम्पन्न भएको छ । यु.एस. ए. को वासीटन डि.सी. बाट आउनु भएका पा. मिल्टन अल्भर्जले परमेश्वर उहाँ आफैले हामीलाइ चुन्नुभयो र उहाँको महिमाको कामको निम्ती हाम्रो जीवनबाट अचम्मको काम गर्नुहुन्छ भन्ने परमेश्वरको बचनबाट उत्साह दिनुभयो र अंगे्रजी भाषालाइ नेपालीमा अनुबादको सहजीकरण पा. हरी तामाङ गरिदिनुभएको थियो । सानु मोक्तानले प्रार्थनाको संचालन साथै नेपाल राष्ट्रको लागि विभिन्न विषयक प्रार्थनामा सहकोषाध्यक्ष तथा प्रार्थना विभाग सहसंयोजक पा. आशा राईले सहायता गर्नुभएको थियो । प्रार्थनाको सम्पुर्ण सहभागीहरुलाई धन्यबाद दिनुभइ प्रार्थनाको समापन प्रार्थना विभाग प्रमुख देउमाया तामाङले गर्नुभयो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd