धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नेपाल राष्ट्रको लागि प्रार्थना सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको आयोजनामा २०७६ साउन २२ गतेका दिन नेपाल राष्ट्रको लागि नियमित प्रार्थना सम्पन्न भएको छ । सुरुको प्रार्थना ललितपुर युवा विभाग सचिव दिनेश चौधरीज्यूले गर्नुभएको थियो । संचालन केन्द्रिय सदस्य तथा केन्द्रिय युवा विभाग सह–संयोजक ए.दिनेश कन्दङवाज्यूले गर्नुभएको थियो । स्तुति प्रशंसाको अगुवाइ ललितपुर युवा विभाग कोषाध्यक्ष प्रकाश कार्कीज्यूले गर्नुभएको थियो । वचन राष्ट्रिय ख्रीष्ट्रियन महासंघ, नेपालको उप–महासचिव एवम् प्रवक्ता रेभ.उद्धव चिमोरियाज्यूले बाँड्नुभएको थियो । महासंघको पदाधिकारी, मण्डलीको पाष्टर, अगुवा साथै विश्वासीहरु उल्लेखनीय रुपमा सहभागी हुनुभएको थियो । प्रार्थनाको अगुवाई केन्द्रिय सदस्य तथा ललितपुर युवा विभाग प्रमुख पा. करण सिलवालज्यूले गर्नुभएको थियो । साथै अन्य विषयमा प्रार्थनाको अगुवाई केन्द्रिय सह–कोषाध्यक्ष पा.ईश्वर श्रेष्ठ, केन्द्रिय युवा विभाग उप–प्रमुख संजिव खत्री, ललितपुर युवा विभाग सदस्य मुकेश तामाङ, ललितपुर युवा विभाग कोषाध्यक्ष प्रकाश कार्की, केन्द्रिय सदस्य पा.रुबेन महर्जन, केन्द्रिय युवा विभाग प्रमुख ए.मुकेश मोक्तान, केन्द्रिय सदस्य मिना गुरुङज्यू लगायतले गर्नुभएको थियो । प्रार्थनाको समापन उप–महासचिव एवम् प्रवक्ता रेभ.उद्धव चिमोरियाज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd