धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नेपाल राष्ट्रको लागि प्रार्थना सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको आयोजनामा २०७६ साउन २९ गतेका दिन नेपाल राष्ट्रको लागि नियमित प्रार्थना सम्पन्न भएको छ । सुरुको प्रार्थना केन्द्रिय सदस्य पा. लालु थापाज्यूले गर्नुभएको थियो । संचालन केन्द्रिय सदस्य तथा केन्द्रिय युवा विभाग सह–संयोजक ए.दिनेश कन्दङवाज्यूले गर्नुभएको थियो । स्तुति प्रशंसाको अगुवाइ केन्द्रिय सदस्य तथा ललितपुर युवा विभाग प्रमुख पा. करण सिलवालज्यूले गर्नुभएको थियो । वचन राष्ट्रिय ख्रीष्ट्रियन महासंघ, नेपालको केन्द्रिय युवा प्रमुख मुकेश मोक्तानज्यूले बाँड्नुभएको थियो । महासंघको पदाधिकारी, मण्डलीको पाष्टर, अगुवा साथै विश्वासीहरु उल्लेखनीय रुपमा सहभागी हुनुभएको थियो । प्रार्थनाको अगुवाई सदस्य सचिव पा. कर्णलाल पाण्डेज्यूले गर्नुभएको थियो । साथै अन्य विषयमा प्रार्थनाको अगुवाई केन्द्रिय सदस्य पा. लालु थापा, केन्द्रिय सदस्य तथा ललितपुर युवा विभाग प्रमुख पा. करण सिलवाल, ललितपुर युवा विभागको सचिव दिनेश चौधरी, डिकन काजीमान लिम्बु, उप–महासचिव एवम् प्रवक्ता रेभ.उद्धव चिमोरियाज्यू लगायतले गर्नुभएको थियो । प्रार्थनाको समापन केन्द्रिय सदस्य तारा बोगटीज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd