धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नेपाली ख्रीष्टियन समुदायको स्थिति २०२१ महासंघले गर्ने

<

 

२८ फागुन २०७७ (शुक्रबार) । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रिय समितिको बैठक आज शालेम प्रार्थना भवनमा महासंघका अध्यक्ष सी.बी. गहतराजको अध्यक्षतामा सम्पन्न भएको छ ।

 

अध्यक्षले विषय वस्तुहरुको जानकारी गराउनु भएको थियो । पा. धनराज घिमिरेले उपमहासचिव पदबाट राजिनामा पेश गर्दै राजिनामाको सम्बन्धमा प्रकाश पार्नु भएको थियो । नेपाली ख्रीष्टियन समुदायको स्थिति २०२१ परियोजना (The State of the Nepali Christian Community 2021) संयोजकको नियुक्ति, सेवा सुविधा तथा अधिकार सम्बन्धमा र नेपाली ख्रीष्टियन समुदायको स्थिति २०२१ परियोजनाको कार्यविधि सम्बन्धमा अधिवक्ता पा. बुद्ध घिसिङ्गले प्रस्ताब पेश गर्नु भएको थियो ।

 

प्रस्तावित छलफल माथि उपमहासचिव पा. धनराज घिमिरेले अध्यक्ष समक्ष पेश गर्नु भएको राजिनामा सर्वसम्मतिले स्वीकृत पारित गरिएको छ भने नेपाली ख्रीष्टियन समुदायको स्थिति २०२१ परियोजना सञ्चालन गर्नका लागि मिति २०७७ साल चैत्र १ गते देखि लागु हुने गरी पा. धनराज घिमिरेलाई परियोजना संयोजक पदमा नियुक्ति सर्वसम्मतिले पारित गरिएको छ । नेपाली ख्रीष्टियन समुदायको स्थिति २०२१ परियोजनाको कार्यविधिका लागि महासंघको कानुनी सल्लाहकार अधिवक्ता पा. बुद्ध घिसिङलाई आगामी बैठकमा पेश गर्ने गरी सर्वसम्मतिले जिम्मा दिएको छ । त्यसैगरि उक्त परियोजनाको केन्द्रिय कार्यदलमा निम्न व्यक्तिहरुलाई सर्वसम्मतिले मनोनयन गरेको छ ; १) परियोजना संयोजकः पा.धनराज घिमिरे २) कानुनी संयोजकःपा. बुद्ध घिसिङ ३) मण्डली समन्वय तथा परिचालन संयोजकः पा. सोनाम काबो ४) सरकारी निकायसँग समन्वय संयोजकः पा. उद्धव चिमोरिया र श्रोत संयोजक तथा विज्ञ मनोनयन गर्ने जिम्मा कार्यदललाई जिम्मा दिएको छ ।

 

बैठकको संचालन उपमहासचिव तथा प्रवक्ता उद्धव चिमोरियाले गर्नुभएको थियो भने सुरुको प्रार्थना सहअध्यक्ष तेजमान तामाङ्गले गर्नुभएको थियो । आराधनाको अगुवाइ सहसचिव चित्ररेखा ओझाले गर्नुभयो भने सहअध्यक्ष रिता थापा मगर काबोले बैठकमा उपस्थित सम्पूणर् पदअधिकारीहरुलाई स्वागत गर्नुभएको थियो । अध्यक्ष गहतराजले पा. धनराज घिमिरेलाई परियोजना संयोजक पदमा नियुक्ति गरिएको पत्रका साथै काम, कर्तव्य र अधिकार सम्बन्धि पत्र हस्तान्तरण गर्नु भएको थियो । बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले नव मनोनित पदअधिकारीहरुको लागि आशिर्बादको प्रार्थना गर्नुभएको थियो भने मण्डली समन्वय विभाग प्रमूख रेभ. पा. सोनाम काबोले अन्तिम प्रार्थना गर्नुभएको थियो ।

 

अध्यक्ष सी.बी. गहतराजले नेपाली ख्रीष्टियन समुदायको स्थिति २०२१ परियोजना सफल पार्न महासंघका सबै पदाधिकारीहरु, सदस्यहरु, महादेिशय प्रमुखहरु, सद्भावदूतहरु तथा देश विदेशमा रहनु भएका सम्पूणर् नेपालीभाषी मण्डलीका पाष्टर, अगुवा तथा मण्डलीका विश्वासीज्यूहरु र पत्रकार मित्रहरुलाई प्रार्थना, साथ र सहकार्य गर्न अपिल गर्नु भएको छ ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd