धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नुवाकोट रसुवा पाष्टर अगुवाहरुको बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

मिति २०७६ असोज २६ गतेका दिन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आयोजनामा एक दिने नुवाकोट रसुवा पाष्टर अगुवाहरुको बृहत भेला तथा प्रशिक्षण कार्यक्रम जागृती मण्डली विदुर नुवाकोटमा सम्पन्न भएको छ । अध्यक्ष सी.वी. गहतराजले महासंघको प्रष्ट दर्शनका साथै दृष्टिकोण रहेको तथा नेपाली ख्रीष्टियन समुदायले हाल झेल्नु परेका समस्याहरुका बारेमा एकजुट भई हल गर्नु पर्ने तथा राज्यका निकायहरुसँग निरन्तर पैरवी गर्नुपर्ने बताउनु भयो । येशू ख्रीष्टको अनुग्रहमा महासंघले थालनी गरेको यस महान अभियानमा सबै मण्डलीहरुको सकृय सहभागिता साथै प्रार्थना सहित सहभागि हुन नुवाकोट, रसुवा जिल्लाका पाष्टर तथा अगुवाहरुलाई उहाँले आव्हान गर्नुभएको थियो ।

साथै उपाध्यक्ष तथा महिला विभाग प्रमुख पास्टर डोमा राईले मण्डलीमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेजस्तै महासंघमा पनि महिलाहरूको सहायताका हातहरूको खाँचो औल्याउनु भएको थियो । सो भेलामा उपमहासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमोरिया, सदस्य सचिव पास्टर कर्णलाल पाण्डे लगायतले पनि आफ्ना मन्तब्य राख्नुभएको थियो । सो वृहत भेला तथा प्रशिक्षण कार्यक्रममा महासंघका उपाध्यक्ष पास्टर कृष्ण बहादुर परियारले परमेश्वरको वचनद्वारा उत्साह दिनुभएको थियो ।

आराधनामा पुनरुत्थान एकलेसिया मण्डली क्वायर टिमले अगुवाइ गरेको सो कार्यक्रममा महासंघका सचिव पास्टर प्रेम कार्कीले सञ्चालन गर्नुभएको साथै कार्यक्रममा केन्द्रिय कार्यालयका अतिथिहरु उपाध्यक्ष पा. कृष्ण परियार, उपमहासचिव एवम् प्रबक्ता पा. उद्धव चिमोरिया, सचिव पा. प्रेम कार्की, सदस्य सचिव पा. कर्णलाल पाण्डे लगायतको उपस्थिती रहेको थियो । सो भेलाले पास्टर दिल बहादुर घलेको संयोजकत्वमा २५ सदस्यीय महासंघको नुवाकोट जिल्ला भेला आयोजक समिति गठन गरिएको छ भने पास्टर वेद बहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय रसुवा जिल्ला भेला आयोजक समिति पनि गठन गरिएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd