धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नागरिक, धर्म वा आस्थाको स्वतन्त्रता तथा मानव अधिकार सम्बन्धी गोष्ठी सम्पन्न

१८ जेठ २०७८, लुम्बिनी । महासंघको लुम्बिनी प्रदेशले आयोजना गरेको नागरिक, धर्म वा आस्थाको स्वतन्त्रता तथा मानव अधिकार सम्बन्धी एक दिने गोष्ठी उपाध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमूख ए. विष्णु परियारको अध्यक्षता र केन्द्रिय अध्यक्ष सी.बी. गहतराजको प्रमुख आथित्यमा भर्चुअल विधि “जुम एप” मार्फत महासंघका केन्द्रिय तथा लुम्बिनी प्रदेशको पदाधिकारीहरु, पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागितामा सम्पन्न भएको छ । सुरुको प्रार्थना उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक रेभ. पा. कृष्ण परियारले गर्नुको भएको थियो भने उपस्थित सबै सहभागीहरुलाई केन्द्रिय सदस्य तथा लुम्बिनी प्रद्श प्रार्थना संयोजक पा. सुरज थापाले स्वागत गर्नु भएको थियो । आराधनाको अगुवाई लुम्बिनी प्रदेश यूवा विभाग सहप्रमुख पा. दानिएल शाहीले गर्नु भएको थियो । उक्त गोष्ठीको सहजिकरण महासंघका कानूनी सल्लाहकार अधिवक्ता पा. बुद्ध घिसिङ्ग र उपाध्यक्ष तथा अधिवक्ता भबिन्द्र राईले गर्नु भएको थियो ।

अध्यक्ष सी.बी. गहतराजले कार्यक्रम सफलताको शुभकामना मन्तब्य दिनुभएको थियो भने उपाध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमूख ए. विष्णु परियारले सहजकर्ताहरु तथा सहभागी सबैलाई धन्यबाद दिनुभई कार्यक्रम समापन गर्नु भएको थियो । सहअध्यक्ष पा. टेक विक्रम हिताङ्गले अन्तिम प्रार्थना गर्नु भएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd