धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नागरिक, धर्म वा आस्थाको स्वतन्त्रता तथा मानव अधिकार सम्बन्धी गोष्ठी सम्पन्न

२८ जेठ २०७८ । महासंघको १ नं प्रदेशले आयोजना गरेको नागरिक, धर्म वा आस्थाको स्वतन्त्रता तथा मानव अधिकार सम्बन्धी एक दिने गोष्ठी उपाध्यक्ष तथा १ नं प्रदेश प्रमूख रेभ. पा. एनोस गजमेरको अध्यक्षता र केन्द्रिय अध्यक्ष सी.बी. गहतराजको प्रमुख आथित्यमा भर्चुअल विधि “जुम एप” मार्फत महासंघका केन्द्रिय तथा १ नं प्रदेशको पदाधिकारीहरु, पाष्टर, अगुवा तथा विश्वासीहरुको बृहत सहभागितामा सम्पन्न भएको छ । सुरुको प्रार्थना महासंघका १ नं प्रदेश सल्लाहकार रेभ. डा. रतन राउतले गर्नुको भएको थियो भने उपस्थित सबै सहभागीहरुलाई १ नं प्रदेश महिला विभाग प्रमुख प्रेमला राईले स्वागत गर्नु भएको थियो । आराधनाको अगुवाई मौसम मगरले गर्नु भएको थियो । वचनको निम्ति प्रार्थना १ नं प्रदेश प्रार्थना विभाग प्रमुख रेभ. पा. डि. भी. सिलास राईले गर्नु भएको थियो भने उपाध्यक्ष रेभ. पा. सोनाम काबोले बाइबलको विभिन्न खण्डबाट उत्साहपूर्ण वचन बाड्नु भएको थियो । उक्त गोष्ठीको सहजिकरण महासंघका कानूनी सल्लाहकार अधिवक्ता पा. बुद्ध घिसिङ्ग र उपाध्यक्ष तथा अधिवक्ता भबिन्द्र राईले गर्नु भएको थियो ।

अध्यक्ष सी.बी. गहतराजले कार्यक्रम सफलताको शुभकामना मन्तब्य दिनुभएको थियो भने उपाध्यक्ष तथा १ नं प्रदेश प्रमूख रेभ. पा. एनोस गजमेरले सहजकर्ताहरु तथा सहभागी सबैलाई धन्यबाद दिनुभई कार्यक्रम समापन गर्नु भएको थियो । महासंघका १ नं प्रदेश सल्लाहकार रेभ. फादर दशरथ खडियाले अन्तिम प्रार्थना गर्नु भएको थियो । महासंघका १ नं प्रदेश सचिव डि. हिमांशु रायले कुशलताका साथ कार्यक्रम संचालन गर्नु भएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd