धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नवनिर्वाचित माननीय सभामुख आग्नी सापकोटाज्यू लाई बधाई तथा सफल कार्यकालको शुभकामना ।

१७ माघ २०७६ । राष्ट्रिय ख्रीष्टियन महासंघको एक टोलीले नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई भेटेर बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना गरेको छ ।

महासंघका अध्यक्ष सि बि गहतराजको नेतृत्वमा रहेको केन्द्रीय पदाधिकारीको टोलीले नवनिर्वाचित सभामुख सापकोटालाई निवासमै पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो । भेटमा महासंघका अध्यक्ष गहतराजले महासंघ र सिंगो ख्रीष्टियन समुदायले नै देशको विकास र समृद्धिको लागि निरन्तर प्रार्थना गरिरहेको र सभामुखको सफल कार्यकालको लागि पनि परमेश्वरसँग निरन्तर प्रार्थना गरिरहेको जानकारी गराउनुभयो । नवनिर्वाचित सभामुख सापकोटाले संक्षिप्त प्रतिक्रिया दिँदै सहभागी सबैलाई धन्यवाद दिनुभयो ।

         

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd