धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नयाँ संविधान घोषणा र व्यवहारीक कार्यन्वायनको प्रश्न विषयक गोष्ठी तथा बृहत प्रार्थना सभा सम्पन्न

नयाँ संविधान २०७२ घोषणा भएको चौथो वर्ष संविधान दिवसको अवसरमा नयाँ संविधान घोषणा र व्यवहारीक कार्यन्वायनको प्रश्न विषयक गोष्ठी तथा बृहत प्रार्थना सभा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा वृहत प्रार्थना सभाको आयोजना गरेको छ । संचालन उप–महासचिव एवम् प्रवक्ता रेभ.उद्धव चीमोरियाज्यूले गर्नुभएको थियो । सुरुको प्रार्थना सहअध्यक्ष पा. तेजमान तामाङज्यूले गर्नुभएको थियो ।

आराधानामा सीलोआम बासबारी क्वायरले अगुवाइ गरेको थियो । परमेश्वरको वचन बरिष्ठ सहध्यक्ष रेभ.डा. फिलेमोन खड्का क्षेत्रीेज्यूले बाँड्नु भएको थियो । प्रार्थनाको अगुवाइ सल्लाहकार पा. एलिया प्रधान र पा. जगत प्रधानज्यूले गर्नुभएको थियो । प्रार्थना सभामा काठमाण्डौ उपत्यकाका अधिकांश मण्डलीहरूको सहभागीता थियो ।

कार्यक्रममा राष्ट्रिय ख्रीष्टियन महासंघ सी.वी. गहतराजज्यूको अध्यक्षतामा प्रमुख अतिथि कल्याणी खड्का सभापती विकास तथा प्रविधि संसदिय समिति, शेर बहादुर के.सीे. नेपालबार एसोसियनका पुर्व अध्यक्ष, चरण प्रसाइ नेता मानब अधिकारबादी, दिनेश त्रिपाठी संविधानविद लगायतको उपस्थिती रहेको थियो । नेपाली ख्रीष्टियन समुदायको पक्षमा आफ्नो धारण राख्नुभएको थियो । महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले सबैलाइ एक ढीक्का भई र कती पनी वीचलीत नभइ देश तथा मण्डलीका लागी निरन्तर प्रार्थना गरीरहन सबैलाइ आव्हान गर्दै प्रार्थना सभाको समापन गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd