धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नयाँ ललितपुर जिल्ला प्रार्थना समिति गठन

१९ साउन, २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय प्रार्थना विभागका कार्यकारी अध्यक्ष अगुवा प्रेमा राईको अध्यक्षतामा बिहीवार बैठक सम्पन्न भएको छ । पा. आत्मराम रम्तेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अगुवा मिना गुरुङले सुरुको प्रार्थना गर्नुभएको थियो भने आशिषमय अभिप्रेरित वचनको सेवा नयाँ सृष्टि मण्डलीका विशप मिनिकुमार राईले गर्नुभएको थियो । सो कार्यक्रममा प्रार्थना विभागले सारा राईको अध्यक्षतामा ५ सदस्यीय ललितपुर जिल्ला समिति र ३ सदस्यीय सल्लाहकार समिति गठन समेत गरेको छ । जसमा सचिव सानु कार्की, सदस्यहरु, मञ्जु थापा, सारा कार्की, नर बहादुर श्रेष्ठ र रविन्द्र के.सी. रहेका छन् भने सल्लाहकारहरुमा पा. कुवि धन राई, विशप मिनिकुमार राई र पा. आत्माराम रम्तेल सर्वसम्मतले चयन भएका छन् । सो नवनियुक्त ललितपुर जिल्ला प्रार्थना समितिलाई महासंघका महासचिव पा. पदमनाथ पराजुली लगाएतका व्यक्तिहरुले सर्मपणको प्रार्थना गर्नुभएको थियो । विभागले महासंघका विभिन्न महत्वपुर्ण विषयमा प्रार्थना समेत गरेको छ भने कार्यक्रमको समापन तथा अन्तिम प्रार्थना कार्यकारी अध्यक्ष अगुवा प्रेमा राईले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd