धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

नयाँ बर्ष २०२० साथै नेपालको लागि प्रार्थना सम्पन्न

    पौष १६, २०७६ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको आयोजनामा नयाँ वर्ष २०२० साथै प्रत्येक हप्ताको बुधवार गरिने नियमित प्रार्थना विभिन्न मण्डलीको पाष्टर, अगुवा र विश्वासीहरुको उल्लेखनीय उपस्थितीमा नेपाल राष्ट्रको लागि प्रार्थना सम्पन्न भएको छ । हङकङ काउन्सील तथा गैर आवासीय तथा प्रवासी विभागको सचिवले नेपालमा पनि येशूलाई नचिनेका मानिसहरुलाई चिनाउन जरुरी छ भन्ने वचन सहितको नयाँ वर्ष २०२० सँगै हाम्रो मण्डलीहरुमा एकता, विश्वास र थप उर्जाको साथ मण्डलीहरु अघि बढ्नुपर्छ भनेर आशिष सहितको रेभ. पा. राजु बराइलीले उत्साहपुर्ण वचन बाँड्नुभएको थियो । साथै आराधनामा ललितपुर युवा विभागको कोषाध्यक्ष प्रकाश कार्कीको समुहले सहायता गर्नुभयो भने प्रार्थनाको सञ्चालन केन्द्रिय युवा विभाग सह– प्रमुख दिनेश कन्दङवाले गर्नुभएको थियो सो प्रार्थनाको अगुवाई उप–महासचिव एवम् प्रवक्ता रेभ. उद्धव चिमोरियाले गर्नुभएको थियो । अन्य विषयक प्रार्थनामा सहभागी पाष्टर, अगुवाहरुले गर्नुभयो । अन्तमा अध्यक्ष सि.बि. गहतराजले सहभागी सम्पुर्णलाइ धन्यवाद साथै समापन गर्नुभएको थियो ।

           

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd