धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

धार्मिक स्थल मण्डली÷चर्चमाथिको आक्रमण

२२ जेठ, २०७४ । बुढानीलकण्ठस्थित सिलोआम टुप्पेक टुसाल चर्चमा भएको घटनाको विषयमा राष्ट्रिय खीष्टियन महासंघ, नेपालको प्रतिनिधि मण्डल, मानवअधिकारकर्मी र पत्रकारको संयुक्त टोली त्यस घटनास्थल तर्फ गएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ अन्तर्गत साबिक चुनिखेल गा.वि.स. वडा नं. २ (क) कि.नं. १ को क्षे.फ. ३–१०–१–० जग्गाको सो ठाउँमा तीन पुस्ता अगाडी देखि जुजुभाई कपालीका परिवार बस्दै आइरहनुभएको छ भने मण्डली भवन समेत रहेकोमा उक्त जग्गामा श्री नौलिन माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गर्न बुढानीलकण्ठ नगरपालिकाबाट मिति २०७३÷०८÷०७ गतेको च.नं. १०३० को पत्रानुसार भोगाधिकारको लागि अनुमति दिइसकेकोले उक्त सार्वजनिक जग्गामा नयाँ भवन निर्माण गर्न मिति २०७३÷०२÷०७ गतेदेखि डोजर लगाएर भत्काउन थालिएको हुँदा सो जग्गामा सञ्चालन उपभोग गर्दै आएको सिलोआम टुप्पेक टुसाल चर्चमा अवउप्रान्त देखि उक्त जग्गा छोड्न दबाव दिइएको प्रतिकुल अवस्थामा महासंघले आवश्यक पहल सहित विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु, मानवअधिकारकर्मीसँग छलफल गरेको थियो । देश धर्मनिरपेक्षता घोषित भइसकेको अवस्थामा सबैले धार्मिक स्थलको संरक्षण गर्न पाउने हक अधिकार भएको हुँदा खीष्टियन समुदायले आफनो आस्थाको केन्द्र पवित्र धार्मिक स्थल चर्चलाई संरक्षण गर्नु राज्यको प्रमुख दायित्व हो र यो समुदायमाथि सुनियोजित ढंगसित एकपछि अर्को आक्रमण हुँदै गएको प्रति महासंघले प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको खेद प्रकट गरेको छ । राज्यले नागरिकको धार्मिक आस्थाको सम्मान गर्दै धार्मिक पक्षको सदभाव नखलबलाउन सबै पक्षलाई अनुरोध गर्दै प्रार्थना सहित एक भएर अगाडी बढन सम्पुर्ण नेपाली खीष्टियन दाजुभाई तथा दिदीबहिनीहरु लगाएत सबैलाई महासंघले आहृवान समेत गरिएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd