धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

धादिङको चर्चमा भएको घटनाको जानकारी

धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ मैदी उखुबारी अवस्थित अनुग्रह मण्डलीमा २३ साउन २०७७ राती अज्ञात समूहले मूल गेट नै तोडफोड गरी भित्र प्रवेश गरेर मण्डलीको सेवा गर्ने भवनको ढोका, झ्याल र भित्र रहेको बाध्यबादनको सामानहरु जस्तै मादल, गितार, किबोर्ड, तबला, साउण्ड सिस्टम लगायतका सामाग्रीहरु तोडफोड गरी क्षति पुर्याएको जानकारी पाउनासाथ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले त्यस मण्डलीको स्थानिय पाष्टर पुस्कर लोप्चनसँग घटनाको सत्यतथ्य जानकारी लिएको थियो । उहाँको जानकारी अनुसार त्यस घटना ईलाका प्रहरी कार्यलयमा दर्ता भई अनुसन्धान भइरहेको छ ।

महासंघ उक्त घटनाको निष्पक्ष छानबिनको माग गर्दछ । साथै यहाँहरुलाई उक्त घटनाको निष्पक्ष छानबिन भई चाँडो भन्दा चाँडो दोषी पत्ता लागोस् भनेर निरन्तर प्रार्थना गरिरहन विनम्र अनुरोध गर्दछौँ ।

   

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd