धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

धन्यवाद प्रस्ताव पारित गर्दै बैठक सम्पन्न

१५ असोज २०७७ (बिहिबार) । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष केन्द्रिय समितिको बैठक महासंघका अध्यक्ष सी.बी गहतराजको अध्यक्षतामा भिडियो कन्फ्रेन्सिंग एप जूम मार्फत सम्पन्न भएको छ ।

अध्यक्ष सी.बी. गहतराजले १३ औँ राष्ट्रिय भेला सफल भएकोमा धन्यवाद र नीति तथा कार्यक्रमहरुको प्रस्ताव राख्नुको साथै प्रचार प्रसार विभाग प्रमूखको राजिनामा सम्बन्ध विषयहरुको जानकारी गराउनु भयो । १३ औं राष्ट्रिय भेलाको सम्बन्धमा सचिव विष्णु परियार, कानूनी सल्लाहाकार अधिवक्ता पा. बुद्ध घिसिङ्ग, उपाध्यक्ष तथा प्रदेश नं १ प्रमुख पा. इन्द्र बहादुर नेपाली र संयोजक रेभ. पा. एनोस गजमेर, उपाध्यक्ष तथा प्रदेश नं २ प्रमुख रेभ. पा. प्रदिप मोरबैता यादव, उपाध्यक्ष तथा प्रदेश नं ४ प्रमुख पा. ओमराज परियार, सहअध्यक्ष तथा संघठन विभाग र प्रदेश नं ५ प्रमूख पा. टेक विक्रम हिताङ्ग, उपाध्यक्ष तथा प्रदेश नं ६ प्रमुख पा. पदम गैरे, उपाध्यक्ष तथा प्रदेश नं ७ प्रमुख पा. जितेन्द्र ताम्राकार, सहअध्यक्ष पा. तेजमान तामाङ्ग, उपाध्यक्ष अधिवक्ता भबिन्द्र राई, उपाध्यक्ष तथा महिला विभाग प्रमूख डोमा राई, मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबोले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रस्तावित छलफल माथि १३ औं राष्ट्रिय भेला सफल पार्न प्रार्थना, साथ, सहयोग, सहकार्य साथै महत्वपूर्ण भूमिका निभाउनु हुने महासंघका सम्पूर्ण पदाधिकारी तथा प्रादेशिक प्रमूखहरु, आवद्ध सदस्यहरु, महादेशीय प्रमुख तथा सद्भावदूतहरु, विश्वमा रहेका नेपाली भाषी मण्डलीका पास्टर, अगुवा तथा विश्वासीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरुलाई धन्यवाद प्रस्ताव पारित गरेको छ । साथै नीति तथा कार्यक्रमहरु र ११ बुदे घोषणा पत्र सातै प्रदेश, ७७ ओटै जिल्लाहरु र स्थानिय तहहरुमा छलफल गराई प्रभावकारी रुपमा कार्यन्वयन गरि विशेष केन्द्रिय समितिमा पेश गर्ने गरि सहअध्यक्ष तथा संघठन विभाग र प्रदेश नं ५ प्रमूख पा. टेक विक्रम हिताङ्गलाई निर्णय प्रस्ताव पारित गरेको छ भने सहसचिव तथा प्रचार प्रसार विभागका प्रमुख प्रकाश बिसुन्केले दिएको राजीनामा फिर्ता लिन उहाँलाई बैठकले अनुरोध गरेको छ साथै सो विषयको आवश्यक समन्वय गर्नको लागि अध्यक्ष सी.बी. गहतराजको संयोजकत्वमा उपाध्यक्ष पाष्टर कृष्ण परियार, उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्वव चोमोरिया, मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबो, कानुनी सल्लाहकार अधिवक्ता बुद्व घिसिङ्ग र सचिवालय प्रमुख पाष्टर प्रेम कार्कीको कार्यदल गठन गरिएको छ ।

बैठकको संचालन सचिवालय संयोजक रेभ. पा. प्रेम कार्कीले गर्नुभएको थियो भने सुरुको प्रार्थना सहअध्यक्ष रेभ रिन्जी लामाले गर्नुभएको थियो । वचनको सेवकाई बरिष्ठ सहअध्यक्ष फिलेमोन खड्का क्षेत्रीले गर्नुभएको थियो । सहअध्यक्ष अधिवक्ता रीता थापाले बैठकमा उपस्थित सम्पूर्ण पदअधिकारीहरुलाई स्वागत गर्नुभएको थियो । महासंघ अध्यक्ष सी.बी. गहतराजले बैठकमा सहभागिहरुको प्रश्नको जवाफ दिनुभई धन्यवाद प्रदान गर्नुभएको थियो भने अन्तिम प्रार्थना उपाध्यक्ष तथा ६ नं प्रदेश प्रमुख पा. पदम गैरेले गर्नुभएको थियो ।

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd