धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

धन्यवाद कार्यक्रम सम्पन्न

१९ पौष २०७४ काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले काठमाण्डौँको बासँवारीस्थित सिलोआँम बाँसवारी मण्डलीमा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ । प्रभु येशू ख्रीष्टको शुभजन्मोत्सव ख्रीष्टमसको अवसरमा पुस १० गते राष्ट्रिय सभा गृहमा आयोजित ख्रीष्टमस महोत्सव–२०७४ र पुस १७ गते उपराष्ट्रपति भवनमामा आयोजित ख्रीष्टमस तथा नयाँ वर्ष २०१८ को अवसरमा आयोजित विशेष शुभकामना आदनप्रदान कार्यक्रम लगायतका सप्ताहव्यापी कार्यक्रममा संगीत झुण्डले स्तुतिप्रशंसा र परमेश्वरलाई महिमा दिने कार्यमा अतुलनीय योगदान गरेकोमा लिडिया अर्जविन्ती प्रार्थना संगति र प्रार्थना विभागका प्रमुख देवमाया तामाङज्यू समुहलाई कदर पत्र वितरण गरी उहाँहरुलाई धन्यवाद दिन सो कार्यक्रमको आयोजना गरेको हो । महासंघका अध्यक्ष सी.वी. गहतराजज्यूले प्रार्थना विभागका प्रमुख देवमाया तामाङज्यू र लिडिया अर्जविन्ती प्रार्थना संगतिको तर्फबाट गुण मैयाँ बलामीज्यूलाई कार्यक्रममा कदर पत्र वितरण गर्नुभएको थियो । मन्तव्य दिने क्रममा अध्यक्ष गहतराज्यूले परमेश्वरले जे गर्नुहुन्छ असल नै गर्नुहुन्छ र त्यहि कुरा परमेश्वरले यो ख्रीष्टमस कार्यक्रममा गर्नुभएकोमा परमेश्वरलाई धन्यवाद दिदैँ कदर हुनुभएका दुई समुहलाई बधाई तथा अझ अघि बढन उत्साह दिनुभयो साथै ख्रीष्टमस मुल समारोहका संयोजक तथा सचिव पा. तेज बहादुर रोक्काज्यूले प्रभुले दिनुभएको अवसरलाई सहि रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । महासंघका सह–अध्यक्ष डा. सरिता गिरी थापाज्यू, महासचिव पा. पदमनाथ पराजुलीज्यू , उपाध्यक्ष एवं अन्तराष्ट्रिय विभाग प्रमुख सुश्री अन्ना पेडनज्यू, ख्रीष्टमस महोत्सव–२०७४ तथा ख्रीष्टमस मुल समारोहका संयोजक तथा सचिव पा. तेज बहादुर रोक्काज्यू, फ्रिडम फर अलका सचिव खगेन्द्र ओलीज्यू लगायतको उपस्थिती रहेको उक्त कार्यक्रमको अन्तिम प्रार्थना महासंघका सल्लाहका रेभ. जगत प्रधानज्यूले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सिलोआँम टुप्पेक चर्चका पास्टर जीवन बस्नेतज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd