धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ मङ्सिर १२ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रवासी तथा गैह्र आवासीय विभागले आयोजना गरेको दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलन २०७७ मङ्सिर १२ गते तदानुसार २०२० नोभेम्बर २७ तारिखका दिन भर्चुअल विधि जुम एप मार्फत सम्पन्न गरेको छ । नेपाली इसाई मण्डलीका बरिष्ठ पास्टर रोवर्ट कार्थकको प्रमूख आतित्थ्य र प्रवासी तथा गैह्र आवासीय विभागका प्रमुख पा. निमा घिसिङ्गको अध्यक्षता रहेको थियो । सुरुको प्रार्थना मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबोले गर्नुभएको थियो भने आराधनाको अगुवाइ अमेरिकाको लाइभ चर्चको क्वायर झुण्डले गरेको थियो । उपस्थित सबैलाई अष्ट्रेलिया महादेश प्रमूख मुना पाण्डेले स्वागत गर्नु भएको थियो भने प्रवासी तथा गैह्र आवासीय विभागका सह प्रमुख डा. प्रकाश मेघी गुरुङ्गले सफलतापूर्वक सञ्चालन गर्नु भएको थियो ।

बरिष्ठ पास्टर रोवर्ट कार्थकले वचनको सेवकाई गर्नुभएको थियो भने महासंघका बरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले पास्टर रोवर्ट कार्थकलाई धन्यवाद ज्ञापन गर्दै उहाँको लागि प्रार्थनामा अगुवाई गर्नुभएको थियो ।

महासंघका सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख रीता थापा मगर काबोले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका बारेमा प्रकाश पार्नुभएको थियो । पा. नारायण खड्का र सहअध्यक्ष तथा संगठन विभाग प्रमुख पा. टेक विक्रम हिताङ्गले सम्मेलनको सफलताको शुभकामना दिनुभएको थियो भने डा. भोजराज भट्टले महासंघ किन आवश्यक छ भन्ने बारे आफ्नो मन्तब्य राख्नुभएको थियो । महासंघका कानुनी सल्लाहकार बुद्ध घिसिङ्गले महासंघको बारे कानुनी तवरबाट प्रकाश पार्नुभएको थियो । संयूक्त राज्य अमेरिकाका लागि सद्भावदूत डा. पा. मनोज श्रेष्ठले राष्ट्रिय तथा अन्तराष्ट्रिय नेपाली चर्चहरु तथा संघसस्थाहरुले महासंघलाई साथ र सहयोग पुर्याउनु पर्ने बारे स्पष्ट पार्नुभएको थियो । एसिया महादेश प्रमुख तथा विभाग सचिव रेभ. पा. राजु बराइलीले अघिल्लो वर्ष हङ्गकङ्गमा सम्पन्न भएको पहिलो अन्तराष्ट्रिय शिखर सम्मेलनका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । गायिका अञ्जु पन्तले भजन गीत गाउनु भएको थियो ।

उक्त सम्मेलनले एसिया महादेशको इन्डियाका लागि सद्भावदूत पा. अभय शर्मा, म्यानमारका लागि सद्भावदूत पा. सूर्य दास भुसाल, थाइल्यान्डका लागि सद्भावदूत पा. अनिल कुमार याक्का राई र बहराइनका लागि सद्भावदूत पा. काजी थापा त्यसैगरि यूरोप महादेशको लक्जमबर्गका लागि सद्भावदूत पा. नारायण गुरुङ्ग, रोमानियाको लागि सद्भावदूत पा. जोन अमित बि.क., पोर्तुगलका लागि सद्भावदूत पा. गिता सिङ्ग, बेलजियमको लागि सद्भावदूत पा. मिन गुरुङ्ग, स्विजरल्याण्डका लागि सद्भावदूत पा. इन्द्र लाल श्रेष्ठ, हल्याण्डका लागि सद्भावदूत पा. भरत संग्रउला, इटालीका लागि सद्भावदूत पा. बर्नबास तामाङ्ग, रुसका लागि सद्भावदूत पा. एस्थर लामा, डेनमार्कका लागि सद्भावदूत पा. गोबिन्द थापा, बेलायतका लागि सद्भावदूत पा. दिपा गुरुङ्ग राई, माल्टाका लागि सद्भावदूत अर्जुन भण्डारी, लक्जमबर्गका लागि संयोजक पा. राधिका भट्टराइ, रोमानियाका लागि संयोजक पा. दिपक श्रेष्ठ, पोर्तुगलका लागि संयोजक पा. डिल्लीराम पौडेली र डेनमार्कका लागि संयोजक पा. उत्तम उप्रेतीलाई सर्वसहमतीले मनोनयन गरिएको छ ।

शिखर सम्मेलनको अन्त्यमा प्रवासी तथा गैह्र आवासीय विभागका प्रमुख पा. निमा घिसिङ्गले दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनका सबै पक्षका साथै कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिनुभएको थियो भने युरोप महादेश प्रमुख विशप डम्बर अधिकारीले अन्तिम प्रार्थना गर्नु भएपछि कार्यक्रम प्यानल डिस्कसन सेसनमा प्रवेश गरेको थियो । सहभागीहरुले उठाउनु भएका विभिन्न प्रश्नहरुको उत्तर महासंघका अध्यक्ष सी.बी. गहतराज, सहअध्यक्ष रीता थापा मगर काबो, डा. मनोज श्रेष्ठ, कानुनी सल्लाहकार बुद्ध घिसिङ्ग, प्रवासी तथा गैह्र आवासीय विभागका प्रमुख पा. निमा घिसिङ्ग लगायतले दिनुभएको थियो भने ११ बुदें घोषनालाई विश्वव्यापी बनाउन आगामी कार्यक्रमहरु तय गर्दै समापन गरिएको थियो ।

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd