धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, २०७७ मङ्सिर ७ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रवासी तथा गैह्र आवासिय विभागले आयोजना गर्न लागेको दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनको सम्बन्धमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी मिति २०७७ साल मङ्सिर १२ गते तदानुसार २०२० नोभेम्बर २७ तारिखका दिन भर्चुअल विधि जुम एप मार्फत बेलुका ५ः३० बजे आयोजना गर्ने बारे जानकारी गराएको छ ।

मण्डली समन्वय विभाग प्रमूख रेभ. पा. सोनाम काबोले सुरुको प्रार्थना गरेर कार्यक्रम सुरु गर्नुभएको थियो भने प्रवासी तथा गैह्र आवासिय विभागका प्रमूख पा. निमा घिसिङ्गले दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनको बारेमा जानकारी गराउनु भएको थियो । उपमहासचिब एवम् प्रवक्ता रेभ. पा. उद्धव चिमोरियाले कार्यक्रमको संचालन गर्नुभएको थियो भने विभागका प्रमूख पा. निमा घिसिङ्ग, सह प्रमूख डा. प्रकाश मेघी गुरुङ्ग, एसिया महादेश प्रमूख तथा विभाग सचिव रेभ. पा. राजु बराइलीले दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनको सम्बन्धमा पत्रकारहरुसँग अन्तरकृया गर्नु भएको थियो ।

आयोजित पत्रकार सम्मेलनमा सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमूख रीता थापा मगर काबोले दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनमा महासंघका सबै पदाधिकारीहरु, सदस्यहरु, महादेश प्रमुखहरु, सद्भावदूतहरु तथा देश विदेशमा रहनु भएका सम्पूणर् नेपालीभाषी मण्डलीका पाष्टर, अगुवा तथा मण्डलीका विश्वासीहरु र पत्रकार मित्रहरुलाई गरिमामय सहभागिताको लागि हार्दिक आमन्त्रण गर्नुका साथै सफलताका लागि प्रार्थना गर्न अपिल गर्नुभएको छ ।

सचिवालय संयोजक रेभ. पा. प्रेम कार्कीले सबै सहभागिहरुलाई धन्यवाद दिनुभयो भने सहकोषाध्यक्ष पा. आशा राईले अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नुभयो ।

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd