धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

दोश्रो चरणको सेवक नेतृत्व तालिम सम्पन्न

६ फागुन २०७९ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल केन्द्रिय महिला बिभागको आयोजनामा डेभलम्पमेन्ट एसोसिएट इनीसेटीप्स् नेपाल संस्थाको समन्वयमा दोश्रो चरणको सेवक नेतृत्व तालिम २०७९ फागुन २ देखि ५ गते सम्म अवाना गेष्ट हाउस ठैबमा सम्पन्न भएको छ । तालिममा महासंघको केन्द्रिय महिला बिभागका दिदिबहिनीहरुको उपस्थिती रहेको थियो । त्यस तालिममा मुख्य बिषयहरु सेवा र उत्कृष्टताको लागि उत्प्रेरित तुल्याउनु, समूह निर्माण, अरुलाइ बिकास गर्नु (मेन्टोरिङ) ,द्धन्द्ध बिवाद ब्यवस्थापन लगायतका विषयमा रहेर सिकाउनु भएको थियो । त्यस तालिमको सहजीकरण डेभलम्पमेन्ट एसोसिएट इनीसेटीप्स् नेपाल संस्थाको निर्देशक ए. नारायण खड्का, राष्ट्रिय संयोजक नविन अर्याल र सिता गुरुङले गर्नुभएको थियो । कार्यक्रमको समापन कार्यवाहक अध्यक्ष डोमा राईले तालिममा सहभागी सम्पुर्ण दिदिबहिनीहरुलाई धन्यवाद दिनुभई अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नुभएको थियो ।

 

 

 

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd