धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

दुई केन्द्रिय सदस्य सहसचिवमा पदोन्नति

    पौष १३, २०७६ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय विशेष कार्यकारी समितिको बैठकले केन्द्रिय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख प्रकाश विशुन्के र केन्द्रिय सदस्य चित्ररेखा ओझा राईलाई सहसचिव पदमा पदोन्नती गर्ने निर्णय गरेको छ । महासंघको विधानको धारा १७ को २ बमोजिम आज केन्द्रिय कार्यालय सातदोबाटोमा बसेको विशेष कार्यकारी समितिको बैठकले केन्द्रीय सदस्य विशुन्के र राईलाई सहसचिवमा पदोन्नति गरेको हो । आजको बैठकले ललितपुर जिल्लाको महिला विभागको सदस्य विष्णु कुमारी कार्कीलाई पनि केन्द्रिय सदस्यमा मनोनयन गरेको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd