धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

दिक्षान्त कार्यक्रम सम्पन्न, प्रौढ शिक्षा कार्यक्रमबाट ९ जना विद्यार्थीहरु दीक्षित

  ११ मंसिर २०७४, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको ललितपुर महिला विभागबाट संचालित ८ महिने प्रौढ शिक्षा कार्यक्रमको दीक्षान्त कार्यक्रम ललितपुरको इमाडोलस्थित ख्रीष्टिय प्रार्थना मण्डलीमा सम्पन्न भएको छ । मैया नेपालज्यूले कार्यक्रमको संचालन र ललितपुर महिला विभागका सदस्य सुमित्रा राईज्यूले सुरुको प्रार्थना गरी कार्यक्रमको सुरु भएको हो । ललितपुर महिला विभागका अध्यक्ष पा. आशा राइज्यूको सभापति र महासंघका सह–अध्यक्ष तथा मण्डली समन्वय विभाग प्रमुख रेभ. काजीरत्न मर्हजनज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ठ अतिथि महासंघ उपाध्यक्ष एवं अन्तराष्ट्रिय विभाग प्रमुख तथा केन्द्रिय महिला विभागका उपाध्यक्ष सुश्री अन्ना पेडनज्यू र केन्द्रिय महिला विभागका अध्यक्ष डोमा राईज्यू मञ्चमा हुनुहुन्थ्यो । आमन्त्रित अतिथिज्यूलाई ललितपुर महिला विभागका उपाध्यक्ष एस्तर लामाज्यूले स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभई ललितपुर महिला विभागका सदस्य सारा राईज्यूले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ख्रीष्टिय प्रार्थना मण्डलीका क्वाएर झण्डका जवानहरुले स्तुतिप्रशंसामा अगुवाई गर्नुभएको थियो भने केन्द्रिय महिला विभागका अध्यक्ष डोमा राईज्यू आशिषमय र उत्साहका वचन बाँड्नुभएको थियो । ८ महिने प्रौढ शिक्षा कार्यक्रमको सुरुवात गर्दाको समय र त्यसबाट उत्पन्न प्रतिफलको इतिहासको विषयमा सचिव मैया नेपालज्यूले बताउनुुभएको थियो भने ८ महिना अवधिभर सिकेका र पाएको अनुभवको बारेमा सन्चमाया गोलेले आफनो अनुभव बाँड्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिज्यूबाट ९ जना दीक्षान्तीत विद्यार्थीहरु मनिषा योञ्जन, झुम्किमाया योञ्जन, ललि निसोर, शारदा खड्का, मुन्ना भुजेल, सोम माया भुजेल, सन्चमाया गोले, आशा माझी र ललिमाया बम्जनलाई प्रमाण पत्र वितरण र दुई शिक्षिकाज्यूहरु मैया नेपाल र संगिता भुजेल भुजेलज्यूलाई कार्यक्रमवीच सम्मान गरिएको थियो । सोही अवसरमा दीक्षान्तीत विद्यार्थी तथा शिक्षीकाहरुलाई सामुहिक आशिषको प्रार्थना समेत गरिएको थियो । सारा समुहले कार्यक्रमलाई नृत्यद्धारा मनोरन्जन प्रदान गरी प्रमुख अतिथि सह–अध्यक्ष मर्हजनज्यू र ललितपुर महिला विभागका सदस्य सानु अधिकारीज्यूबाट दीक्षान्तीत विद्यार्थी तथा शिक्षीकाहरुलाई उत्साहका शव्द व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्तमा ललितपुर महिला विभागका सदस्य सुमित्रा राईले आगन्तुक सबैलाई धन्यवाद ज्ञापन गर्नुभई कार्यक्रमको समापन तथा अन्तिम प्रार्थना ललितपुर महिला विभागका अध्यक्ष पा. आशा राईज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd