धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

दाङ जिल्ला समितिको दोस्रो वार्षिक उत्सव तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

१४ वैशाख २०७५ । दाङ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल दाङ जिल्ला समितिको दोस्रो वार्षिक उत्सव तथा प्रशिक्षण कार्यक्रम महासंघका केन्द्रिय अध्यक्ष सी.वी. गहतराजज्यूको प्रमुख आतिथ्यता र नागरिक समाजका दाङ जिल्ला अध्यक्ष चन्द्रराज पन्तज्यूको विशिष्ठ आतिथ्यता तथा दाङ जिल्ला समितिका अध्यक्ष पा. नरेन्द्र बरालज्यूको सभापतित्वमा सम्पन्न भएको छ ।   त्यसै गरी कार्यक्रममा अतिथिहरुमा विशेष केन्द्रिय कार्यकारी समितिका पदाधिकारीज्यूहरु उपाध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख अन्ना पेडनज्यू, केन्द्रिय सदस्य तथा महिला विभागका प्रमुख डोमा राईज्यू र केन्द्रिय सदस्य तथा महिला विभागका सहकोषाध्यक्ष सुशिला खड्काज्यूको आतिथ्यता रहेको थियो । सो भेला तथा प्रशिक्षण कार्यक्रमललाई प्रशिक्षण दिँदै केन्द्रिय अध्यक्ष सी.वी. गहतराजज्यूले महासंघको उदेश्य र वर्तमान परिस्थ्तिी तथा भावी योजनाको विषयमा प्रशिक्षण दिनुभएको थियो भने दाङ इसाई समाजका अध्यक्ष पा. जीवन गुरुङज्यूले अहिलेको समयमा एक भएर जानुपर्नेमा जोड दिनुभयो । नेपाली ख्रीष्टियन समुदायमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा इसाई सुमदायको हक हित र अधिकारको निम्ति निरन्तर परिश्रम गर्दै आउनुभएकोले त्यसको उच्च मुल्याङ्कन गर्दै जिल्ला समिति दाङले केन्द्रिय अध्यक्ष सी.वी. गहतराजज्यूलाई स–सम्मानसाथ दोसल्ला ओढाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । भने दाङ जिल्लामा पहिलो चर्चको स्थापना तथा सरकारबाट आएको चुनौती भोग्दै जेलसजाय समेत पाएको र चर्चको वृद्धि र विकासमा पु-याएको ऐतिहासिक योगदानको कदर गर्दै जिल्ला समिति दाङका वरिष्ट सल्लाहकार बरिष्ट पाष्टर रेभ. नरबहादुर शाहज्यू तथा उहाँको श्रीमती सिता शाहज्यूलाई स–सम्मानसाथ दोसल्ला ओढाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको संचालन जिल्ला समितिका सचिव एल्डर अशोक कुमार यादवज्यूले गर्नुभई विभिन्न मण्डली, चर्चसुमह र जिल्ला समाजबाट पाल्नुुभएका पाष्टर, अगुवाज्यूहरु लगायत उपस्थित सम्पूूर्ण विश्वासी दाजुुभाइ तथा दिदीबहिनीहरुलाई धन्यवाद दिँदै अन्तिम समापनको प्रार्थना जिल्ला अध्यक्ष नरेन्द्र बरालज्यूले गर्नुभएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd