धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

दाङ जिल्ला महिला विभागको पहिलो वार्षिक सम्मेलन सम्पन्न

दाङ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल केन्द्रिय महिला विभागको दाङ जिल्ला महिला विभागको पहिलो वार्षिक सम्मेलन सम्पन्न भएको छ । विभागका केन्द्रिय अध्यक्ष डोमा राईज्यू र सहकोषाध्यक्ष सुशिला खड्काज्यूको विशेष उपस्थिती र झुमा भण्डारीज्यूको सभापतित्व रहेको सो सम्मेलनमा दाङ जिल्लाका विभिन्न मण्डलीहरुबाट महिला दिदीबहिनीहरुको व्यापक उपस्थिती रहेको थियो ।  केन्द्रिय अध्यक्ष डोमा राईज्यूले परमेश्वरको आशिषमय उत्साहित वचन बाँडनुभएको थियो भने सम्मेलनमा दाङ जिल्ला महिला विभागको अनुरोधमा केन्द्रिय महिला विभागले साक्षरता कक्षा दाङ जिल्लामा नै सञ्चालन गर्ने र महिला दिदीबहिनीहरुको आर्थिक जीवन स्तर उकास्न र वचत गर्ने बानीको विकास गर्न काठमाण्डौँमा आर्थिक कारोबार सम्बन्धी तालिम दिने निर्णय भएको छ ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd