धार्मिकताले राष्ट्रलाई उचाल्छ - हितोपदेश १४:३४

दर्ता नम्बर : ४८९/०६८/०६९

तपाईको भावनासँग जिउँनु विषयक १ दिने तालिम सम्पन्न

१७ असार २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल केन्द्रिय महिला विभागको आयोजना तपाईको भावनासँग जिउँनु विषयक १ दिने तालिम सम्पन्न भएको छ ।महासंघमा आवद्ध काठमाण्डौ र ललितपुर उपत्यकाका विभिन्न मण्डलीहरुबाट महिला दिदीबहिनीहरुको उपस्थिती रहेको सो तालिममा महासंघका उपाध्यक्ष अन्ना पेडनज्यू लगायतका विशेष व्यक्तिहरुको उपस्थिती रहेको हो । प्रशिक्षक तथा महासंघका केन्द्रिय सहअध्यक्ष रिता काबोज्यूले तालिममा महिला दिदिबहिनीहरुको रिसको भावनालाई कसरी सन्तुलित राख्ने, महिला दिदीबहिनीहरुलाई मण्डली र सेवकाईमा कसरी परिचालन गर्ने र परिपक्क महिला कसरी बन्ने भन्ने विषयमा सिकाउनुभएको थियो । सो तालिमले महिला दिदीबहिनीहरुमा परिपक्कता र सक्षम महिला अगुवा बन्न अभिप्रेरित गरेको सहभागीहरुले बताएका छन् । तालिमको संचालन विभागका केन्द्रिय अध्यक्ष डोमा राईज्यूले गर्नुभएको थियो भने सुरुको प्रार्थना काठमाण्डौँ जिल्ला महिला विभागका सदस्य सृजना बस्नेतज्यूले गर्नुभई तालिमको समापन भएको थियो ।

© 2024 Federation of National Christian Nepal. All rights reserved | Designed & Developed by Soani Tech Pvt. Ltd